Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • कमिशनका कारण सुरज बैद्यले कोरोना खोप ल्याउन रोके, मानवता बिरोधी अपराध गरेको आरोप

    कमिशनका कारण सुरज बैद्यले कोरोना खोप ल्याउन रोके, मानवता बिरोधी अपराध गरेको आरोप

    अनलाइन नेपाल
  • बुधबार, २२ बैशाख २०७८
  • 4.2K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीनिकट व्यापारीले कमिशन नमाएका कारण भारतबाट भित्रिने कोरोना भाइरसविरुद्दको खोप रोकेको खुलासा भएको छ । प्रधानमन्त्री ओलीले आफूनिकट व्यापारी सुरज बैद्यलाई १० प्रतिशत कमिसन दिएर मात्र खोप भारतबाट आयात गर्न खोजेका थिए । जुन कुराको भण्डाफोर स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले नै केही मिडियामार्फत खुलासा गरेका छन्।

    सरकारले भारतको सबैभन्दा ठुलो खोप उत्पादक कम्पनि सिरम इन्स्टिच्युटलाई गत माघमै २० लाख डोज खरिदका लागि अग्रिम भुक्तानी गरेपनि हालसम्म खोप आएको भने छैन । कमिसनकै कारण खोप ल्याउन नदिन बिचौलियाहरू सफल भएका हुन  ।



    सिरमको नेपाली एजेन्ट हुकम डिस्टिब्युटर्स एन्ड लजिस्टिक प्राली हो । हुकम विजय दुगड, अभिषेक दुगड, सुरज वैद्य र ऋतुसिंह वैद्यका नाममा छ । उनीहरूले खोप खरिद गर्दा १० प्रतिशत कमिसन मागेको मन्त्रालयको दाबी छ । प्रधानमन्त्री ओलीका विश्वासपात्र व्यापारी सुरज बैद्य र विजय दुगड हुन् ।



    बैद्य ओलीका विश्वासपात्र व्यापारी हुन् भन् दुगड ओलीका आर्थिक सल्लाहकार मोतीलाल दुगड निकट हुन् । उनीहरुले आफुहरुलाई १० प्रतिशत कमिसन नदिएसम्म सेरमबाट खोप ल्याउन नदिएको स्रोतले बताएको छ।

    तत्कालिन स्वास्थ्यमन्त्री भानुभक्त ढकालसँग बैद्य र दुगडले सेटिङ मिलाइसकेका थिए । १० प्रतिशत कमिसनको लेनदेनमा कुरा मिलेको थियो । यही बीचमा स्वास्थ्य मन्त्रीमा त्रिपाठी नियुक्त भएपछि फेरि विवाद बढेको थियो । त्रिपाठीले कमिसन नदिने बताएपछि एजेन्टहरुले खोप रोकेका थिए ।

    सूरज बैद्यले १० प्रतिशत कमिसन स्थानीय एजेन्टले पाउने भएकाले पहिला त नेपाल सरकारबाट खरिद गर्नबाट रोक्न खोजे ।

    सरकारले सिधै डिल गरेपछि स्थानीय एजेन्टले कमिसन नपाउने भएपछि भारतको पुणेस्थित सिरम इन्ष्टिच्यूटमै गएर  बैद्यले नेपाललाई पठाउन लागेको १० लाख डोज खोप रोकेका छन् । यदि बैद्यले नरोकेको भए उक्त खोप नेपालमा चैतको पहिलो सातातिरै आइसक्ने थियो । थप १० लााख खोप आएको भए थप १० लाख नेपालीले खोप पाउँथे ।

    यसैबीच, ब्यापारी बैद्यले कमिशनकै कारण कोरोना खोप ल्याउन रोक गरेपछि सामाजिक सञ्जालहरुमा उनको चर्को आलोचना समेत भएको छ। सामाजिक सञ्जालहरुमा चर्को आलोचना खेपेका बैद्यविरुद्द मानवता बिरोधी अपराध गरेको आरोप समेत लगाइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार