Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • यी हुन ३६ करोड कमिशन नपाउँदा खोप खरिद नै रोक्ने ‘कमिशनखोर व्यापारी’, सिधै ओलीसँग सम्बन्ध !

    यी हुन ३६ करोड कमिशन नपाउँदा खोप खरिद नै रोक्ने ‘कमिशनखोर व्यापारी’, सिधै ओलीसँग सम्बन्ध !

    अनलाइन नेपाल
  • बिहिबार, २३ बैशाख २०७८
  • 4.1K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली निकट केही कमिशनखोर व्यापारीकै कारण नेपालमा कोरोना भाइरस कोभिड १९ विरुद्धको खोप खरिद प्रक्रिया नै अबरुद्द बनेको  खुलासा भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कोभिसिल्ड खोप उत्पादन गर्ने भारतको सिरम इन्स्टिच्युटको नेपाली एजेन्टबीच करिब ३६ करोड कमिसनको डिल नमिलेपछि ५० लाख डोजको खोप खरिद प्रक्रिया नै लथालिंग भएको सार्वजनिक भएको छ ।



    स्वास्थ्य मन्त्रालयका अनुसार भारतीय खोप उत्पादक कम्पनी सिरमको नेपाली एजेन्ट हुकम डिस्टिब्युसन एण्ड लजिष्टिकको कमिशन बार्गेनिङका कारण २७ दिनसम्म नेपालमा खोप ल्याउन अवरुद्ध भएको हो ।



    खोप खरिदमा बिचौलियाले १० प्रतिशत कमिसन लिन खोजे, बिचौलियाको सक्रियताका कारण २७ दिनसम्म अप्ठ्यारोमा परेको कुरा स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले नै केही मिडियामार्फत खुलासा गरेका छन्। त्यही कारण ५० लाख डोज खोप खरीद प्रक्रिया अगाडि बढ्न सकेको छैन ।

    कमिसनकै कारण खोप ल्याउन नदिन बिचौलियाहरू सफल भएका हुन  । सिरमको नेपाली एजेन्ट हुकम डिस्टिब्युटर्स एन्ड लजिस्टिक प्राली हो । हुकम विजय दुगड, अभिषेक दुगड, सुरज वैद्य र ऋतुसिंह वैद्यका नाममा छ । उनीहरूले खोप खरिद गर्दा १० प्रतिशत कमिसन मागेको मन्त्रालयको दाबी छ ।

    भारतीय ऋतुसिंह वैद्यले नेपालका व्यापारी सुरज वैद्यसँग विवाह गरेकी थिइन् ।  प्रधानमन्त्री ओलीसँग निकट सम्बन्ध रहेका वैद्यलाई नेपाल भ्रमण वर्ष २०२० को संयोजक नै बनाइएको छ ।

    गत फागुनमा मन्त्रिपरिषद बैठकबाटै एक डोजको ४ अमेरिकी डलरका दरले २० लाख डोज खरिद गर्नका लागि ८० प्रतिशत रकम भुक्तानी गर्ने निर्णय भएको थियो ।

    यही निर्णयअनुसार फागुन ९ मा १० लाख डोज खोप आयो । अझै १० लाख डोज आउन बाँकी छ । १० लाख डोज आएपछि मन्त्रालयले ५० लाख डोज खोप खरिदको प्रस्ताव सिरमलाई पठाएको थियो ।

    २० लाख डोज किन्दा स्थानीय एजेन्टलाई कमिसन नदिने सिरमसँग सम्झौता नै भएको थियो । सरकारले यस्तो सम्झौता गरेदेखि नै सक्रिय रहेको दुगड, वैद्य समुहले भारतीय च्यानल प्रयोग गर्दै बाँकी ५० लाख डोज खोप खरिदमा चलखेल गरेका थिए ।

    २० लाख खोप ४ लाख प्रतिडोजमा खरिद गर्ने सम्झौता भएकामा ५० लाख खोप खरिद गर्न कमिसनसहित प्रतिडोज ६.०५ डलरमा सिरमबाट प्रस्ताव आएको मन्त्रालयले नै खुलासा गरेको पत्रसहित सार्वजनिक भएका छन् । खोप खरिदको छलफल चल्दा फागुन तेस्रो साता एक डलरको १ सय १५ नेपाली रुपैयाँ थियो । यसअनुसार एक डोज खोपको ६ सय ९५ रुपैयाँ ७५ पैसा पर्ने थियो । ५० लाख डोज खोप खरिद गर्दा ३ अर्ब ४७ करोड ८७ लाख ५० हजार रुपैयाँ पर्थ्यो ।

    १० प्रतिशत कमिसन घटाउने हो भने ३४ करोड ७८ लाख ७५ हजार रुपैयाँ कम पैसामा खोप खरिद गर्न सकिन्थ्यो । दुगडसहितको समुहले सिरमलाई दबाव दिएपछि उनीहरुको कमिशन सहित रकम जोडेर मुल्य प्रस्ताव गरेपछि खोप खरिद प्रक्रिया नै अवरुद्ध भएको छ ।
    १० प्रतिशत कमिसन दिनु नपर्ने हो भने एक डोजको ५ दशमलव ४४ डलर मै नेपालमा खोप आइपुग्ने थियो । तर, स्वास्थ्यमन्त्री त्रिपाठी जनताको करबाट खरिद गर्न लागिएको खोपमा एजेन्टलाई कमिशन दिन नहुने पक्षमा छन् ।

    कमिशन नपाएपछि तीन करोड नेपालीको स्वास्थ्यमाथि खेलवाड गर्ने सुरज वैद्य नेपालमा महँगा गाडी विक्री गर्दै आएको वैद्य अर्गनाइजेशनका मालिक हुन् ।

    वैद्यसमेतका लगानी रहेको ह्वासिन सिमेन्ट उद्योगले धादिङको बेनिघाट रोराङ गाउँपालिका २ ताल्तीमा सार्वजनिक खोला नै कब्जा गरेको छ । तर, संसदको सार्वजनिक लेखा समितिले कारबाही गर्न निर्देशन दिएपनि उनलाई हालसम्म कसैले पनि कारबाही गर्न सकेको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार