Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • सत्तारुढ दलका शिर्ष नेतृत्वलाई मेलमिलापबाट अघि बढन परिवार दलको आग्रह

    सत्तारुढ दलका शिर्ष नेतृत्वलाई मेलमिलापबाट अघि बढन परिवार दलको आग्रह

    अनलाइन नेपाल
  • बिहिबार, २३ बैशाख २०७८
  • 2.1K
    SHARES

    काठमाडौं । नेपाल परिवार दलका अध्यक्ष तथा पूर्वमन्त्री एकनाथ ढकालले सत्तारुढ दल नेकपा एमालेका शिर्ष नेताहरुलाई मेलमिलाप गरेर नयाँ राजनैतिक संस्कृतिको थालनी गर्न सुझाब दिएका छन्।

    सिंगो राष्ट्र र नागरिकको जनजीवन कोभिड -१९ महामारीले आक्रान्त परेको र देशको अर्थतन्त्र थलो परेको अबस्थामा सबैभन्दा बढी जनादेश प्राप्त दललाइ आन्तरिक द्धन्दमा समय बिताउने छुट हुदैन भन्दै अध्यक्ष ढकालले क्षमा प्रेम र एकताको मार्गचित्र अनुशरण गर्दै मुलुकलाई निकास दिन एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र शिर्ष नेताहरु तथा पूर्व प्रधानमन्त्रीद्वय माधबकुमार नेपाल र झलनाथ खनाललाइ आग्रह गरेका हुन् ।



    पूर्वमन्त्री समेत रहेका ढकालले कठिन समयमा आँफु हारेर पनि देश र र जनतालाई जीताउने नेतृत्वनै इतिहाँसले कदर गर्ने बताउदै यो अवसर एमालेका शिर्ष नेतृत्वलाई प्राप्त भएकोले खेर नफाल्न पनि आग्रह गरेका छन् ।



    नेपाल परिवार दलले नेकपा एमालेसंग ३ बुदे सहमति गरि गत निर्बाचनमा सुर्य चिन्ह लिएर चुनाव लडेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार