Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • बूढानीलकण्ठमा नेपाल र देउवाबीच भेटवार्ता, ओलीको रणनीति असफल पार्ने योजना !

    बूढानीलकण्ठमा नेपाल र देउवाबीच भेटवार्ता, ओलीको रणनीति असफल पार्ने योजना !

    अनलाइन नेपाल
  • बिहिबार, २३ बैशाख २०७८
  • 2.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका वरिष्ठ नेता एवं पुर्वप्रधानमन्त्री माधवकुमार नेपाल कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बूढानीलकण्ठ पुगेका छन् ।

    प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले देउवालाई भेटेको भोलिपल्टै नेता नेपाल बूढानीलकण्ठ पुगेका हुन् ।



    प्रधानमन्त्री ओलीले २७ वैशाखमा विश्वासको मत लिने भएपछि नेताहरुको भेटवार्ता बाक्लो भएको छ ।



    यसैबीच, अहिले नेपाल निकट स्रोतका अनुसार आगामी राष्ट्रियसभा उपचुनावमा गठबन्धन गरेर अघि बढ्ने तयारीमा रहेका कांग्रेस सभापति देउवा र एमाले नेता नेपालबीच देउवा निवासमा छलफल भइरहेको छ ।

    यसअघि मंगलबार र बुधवार देउवा, नेपाल र माओवादी अध्यक्ष प्रचण्ड तथा जसपा अध्यक्ष उपेन्द्र यादवबीच छलफल भएको थियो ।

    प्रधानमन्त्री ओलीको पछिल्लो रणनीति असफल बनाउन नेपाल र देउवाबीच छलफल भइरहेको स्रोतले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार