Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • चीनले चेतावनी दिँदै भनेको थियो – कोरोनालाई नजिती चीनसँग युद्ध गर्‍यो भने भारत बर्बाद हुन्छ

    चीनले चेतावनी दिँदै भनेको थियो – कोरोनालाई नजिती चीनसँग युद्ध गर्‍यो भने भारत बर्बाद हुन्छ

    अनलाइन नेपाल
  • शुक्रबार, २४ बैशाख २०७८
  • 2.5K
    SHARES

    एजेन्सी। कोरोना भाइरस महामारीको दोस्रो लहरबाट नराम्रोसँग प्रभावित भारतमा पछिल्लो २४ घण्टामा ३९१५ जनाको मृत्यु भएको छ । बिहीवार बिहान सार्वजनिक विवरणमा भारतमा कोभिड–१९ बाट २४ घण्टामा ४ लाख बढीमा संक्रमण देखिएको छ ।

    भारतले मार्च महिनामा भेटिएको कोरोना भाइरसको नयाँ भेरियन्टले मुलुकमा भयावह हुनसक्ने बताएको थियो ।



    उता गत २०२० अक्टुबरमा चीनको सरकारी मुखपत्र ग्लोबल टाइम्सले यदि चीन र भारतबीच युद्ध भयो भने भारत बर्बाद हुने दाबी गरेको थियो ।



    ग्लोबल टाइम्स पत्रिकाका मुख्य रिपोर्टर तथा लेखक वाङ वेनवेनले  लेखमा उत्तर प्रदेश भाजपा प्रमुख स्वतन्त्र देव सिंहलाई हवला दिँदै प्रधानमन्त्री नरेन्द्र मोदीले चीन र पाकिस्तानसँग युद्ध गर्ने तयारी गरेको उल्लेख गरेका थिए ।

    उत्तरप्रदेशका बीजेपी प्रमुख सिंहको दावीले भारतका जनतामा गलतफहमी पैदा हुने उल्लेख गरिएको थियो । वाङ वेनवेनले भनेका थिए ‘चीन सैन्य र अन्य मामिलामा भारत भन्दा शक्तिशाली छ। भारत राजनीतिक रूपले महत्वपूर्ण शक्ति हो, तर चीनसँगको युद्धमा यो बर्बाद भएको छ। भारतले चीनसँगको सम्बन्ध सुधार्न राम्रो सिग्नल पठाउनु आवश्यक छ, युद्धप्रति रुची नभएको।’

    भारतीय संचारमाध्यम आजतकका अनुसार भाजपाका उत्तर प्रदेश प्रमुखले आधिकारिक रूपमा भारत सरकारको प्रतिनिधित्व गर्दैन। न त उनीहरूसँग सैन्य मामिला वा सरकारको जिम्मेवार छ। त्यसकारण जब उनले युद्धको बारेमा कुरा गरे, उनी सत्ताको राजनीतिमा कुरा गरिरहेका थिए।

    सन २०१८ को अन्त्यमा भाजपालेपाँच राज्यमा चुनाव हारेको थियो। जसले भाजपाको शासन चलाउने क्षमताको बारेमा शंका उत्पन्न गर्‍यो। स्वतन्त्र देव सिंहले भाजपालाई आफ्नो प्रतिष्ठा फेरि प्राप्त गर्नमा सहयोग गरेनन्, तर परिणामको बारेमा उनले उत्तेजक कुरागरेको आजतकले लेखेको छ ।

    वाङ वेनवेनले लेखमा भनेका थिए , ‘यदि भारतले चीनसँग लडाई जित्न चाहन्छ भने उसले कोरोना भाइरस बिरूद्धको युद्ध जित्ने कुरामा ध्यान केन्द्रित गर्नुपर्नेछ। दुःखको कुरा, भारतले ठूलो पराजय भोगेको छ। कोरोना भाइरस संक्रमणको क्रममा भारत दोस्रो स्थानमा पुगेको छ र केसहरू अझै बढिरहेका छन्।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार