Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • ललिता निवास प्रकरण : पूर्वसचिव बस्न्यातलाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

    ललिता निवास प्रकरण : पूर्वसचिव बस्न्यातलाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

    अनलाइन नेपाल
  • शुक्रबार, २४ बैशाख २०७८
  • 1.9K
    SHARES

    काठमाडौं । सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान अयोगका पूर्वप्रमुख आयुक्त एवं पुर्वसचिव  दीप बस्न्यातलाई धरौटीमा छाड्न आदेश दिएको छ।

    सर्वोच्चले बालुवाटारको सरकारी जग्गा (ललिता निवास जग्गा) प्रकरणमा मुछिएका पूर्वसचिव समेत रहेका बस्न्यातलाई ५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।



    सर्वोच्चका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले बस्न्यातले दिएको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै धरौटी वा जमानत दिए लिई तारेखमा छाड्न आदेश दिएको हो ।



    अख्तियारले तत्कालीन भौतिक पूर्वाधार सचिव भएका बेला  ललिता निवास जग्गा व्यक्तिका नाममा लैजाने फाइल उठाएको देखिएकाले आफ्नै पूर्व प्रमुख आयुक्तविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार