Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • निषेधाज्ञामा पनि संक्रमितहरुको संख्या घटेन, एकैदिन अहिलेसम्मकै धेरै ९,१९६ जनामा संक्रमण

    निषेधाज्ञामा पनि संक्रमितहरुको संख्या घटेन, एकैदिन अहिलेसम्मकै धेरै ९,१९६ जनामा संक्रमण

    अनलाइन नेपाल
  • शुक्रबार, २४ बैशाख २०७८
  • 1K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्यामा उकालो लाग्ने क्रम अझै उच्च  रहेको छ । कोरोना संक्रमणको जोखिम उच्च रहेको भन्दै सरकारले गत बैशाख १६ गतेदेखि  काठमाडौँ उपत्यकालगायत देशका अन्य सहरी जिल्लाहरु (५६ वटा)मा लकडाउन समेत लागू गरिएको छ। तर, लकडाउनले कोरोना संक्रमण घटाउनुको सट्टा बढ्दै गएको मन्त्रालयको आजको तथ्यांकमा देखिन्छ।

    तर, कोरोनाको दोस्रो लहर सुरुभएपछि आज अहिलेसम्मकै धेरै संक्रमितको संख्या ९ हजार भन्दा पनि माथि रहेको छ।  नेपालमा कोरोना संक्रमितको संख्या  पहिलोपटक यति धेरै भएको हो।



    यसैबीच, पछिल्लो २४ घण्टामा थप ९ हजार १९६ जनामा कोभिड १९ संक्रमण देखिएको छ । १९ हजार ९८७ जनाको पीसीआर परीक्षण गर्दा ९ हजार ०२३  जनामा र ४९५ जनाको एन्टीजेन परीक्षण गर्दा १७३ जानमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।



    यससँगै देशभर कोरोना संक्रमितको संख्या ३७ लाख ७ हजार ६०३ पुगेको छ ।

    यस्तै, आज एकैदिन ५० जनाको कोभिड १९ संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार