Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • पाकिस्तानका अबिद र अजहरको जिम्बाबेविरुद्ध शतक

    पाकिस्तानका अबिद र अजहरको जिम्बाबेविरुद्ध शतक

    अनलाइन नेपाल
  • शनिबार, २५ बैशाख २०७८
  • 1.3K
    SHARES

    एजेन्सी । जिम्बाबेविरुद्धको दोस्रो टेस्ट क्रिकेटको पहिलो पारीमा पाकिस्तानका दुई ब्याट्सम्यानले शतक बनाएका छन् । हरारेमा टस जितेर ब्याटिङ सुरु गरेको पाकिस्तानले पहिलो दिनको खेल सकिदा ४ विकेट गुमाएर २६८ रन बनाएको छ ।

    पाकिस्तानका लागि ओपनर अबिद अलिले अविजित ११८ रन तथा अजहर अलीले १२६ रन बनाए । दुबै ब्याट्सम्यानले दोस्रो विकेटका लागि २३८ रनको साझेदारी गरेका थिए ।



    १२ रन बनाउँदा पहिलो विकेटका रुपमा इमरान बटलाई गुमाएको पाकिस्तानले दोस्रो विकेटका लागि अबिद र अजहरले २२८ रनको साझेदारी गरेका हुन् । अहजर अलि आउट भएपछि क्रिजमा आएका कप्तान बाबर अजाम र फावद आलम पनि टिकेनन् । उनीहरु क्रमशः २ र ५ रन बनाएर आउट भए ।



    जिम्बाबेका ब्लेसिङ मुजाराबानीले ३ विकेट लिएका छन् । क्रिजमा अबिद अलिलाई साथ दिन सजिद खान आएका छन् । आज पाकिस्तानले ९० ओभरबाट दोस्रो दिनको खेल थाल्नेछ । पहिलो टेस्ट पाकिस्तानले जितेको छ ।

    जिम्बाबे भ्रमणमा रहेको पाकिस्तानले यसअघि भएको तीन खेलको टी २० सिरिज दुई एकले जितेको थियो ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार