Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • पत्रकार दिनेश दाहालको निधन

    पत्रकार दिनेश दाहालको निधन

    अनलाइन नेपाल
  • शनिबार, २५ बैशाख २०७८
  • 14K
    SHARES

    काठमाडौं । पत्रकार दिनेश दाहालको ४० बर्षको उमेरमा निधन भएको छ ।

    सुमेरु अस्पतालको भेन्टिलेटरमा उपचाररत उनको शनिबार निधन भएको हो । कोरोना संक्रमणका कारण श्वासप्रश्वासमा समस्या भएपछि बैशाख १० मा उनलाई सुमेरु अस्पताल धापाखेलमा भर्ना गरिएको थियो ।



    कोरोना संक्रमणसँगै निमोनिया देखिएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । केही दिनअघि उनको कोरोना परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको थियो । तर, निमोनिया ठीक नभएपछि उनको निधन हुन पुगेको अस्पतालले जनाएको छ ।



    जनप्रहार साप्ताहिकको सम्पादक रहेका दाहाल पछिल्लो समयमा सिटिजन पोष्ट डटकमका सम्पादक थिए ।

    काभ्रेको मेथिनकोट घर भएका दाहालका श्रीमती एक छोरा र एक छोरी छन् ।

    उनको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल र जुझारु युवा पत्रकार गुमाएको नेपाल पत्रकार महासंघले जनाएको छ । महासंघका महासचिव रोशन पुरीले विज्ञप्ति जारी गर्दै शोकको यस घडीमा शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार