Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • प्रधानमन्त्री ओली भन्छन् -नेपालमा कोरोना नियन्त्रणमा छ

    प्रधानमन्त्री ओली भन्छन् -नेपालमा कोरोना नियन्त्रणमा छ

    अनलाइन नेपाल
  • शनिबार, २५ बैशाख २०७८
  • 2.1K
    SHARES

    काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोना भाइरस नियन्त्रणमा रहेको बताएका छन्।

    शुक्रबार राति अमेरिकी संचारमाध्यम सीएनएनसँगको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले नेपालमा कोरोना नियन्त्रणमा रहेको दावी गर्दै सर्वसाधारणले नपत्याएको बताएका हुन्।



    प्रधानमन्त्री ओलीले यस लडाइँमा नेपाललाई विभिन्न प्रकारले सघाउन विशेष विश्व समुदायलाई अपिल समेत गरेका छन्।



    नेपालमा पछिल्ला दिनहरुमा दैनिक संक्रमितहरुको संख्या बढ्दै गएको र मृत्यु हुनेहरुको संख्या ५० जना भन्दा माथि रहेको बेला प्रधानमन्त्री ओलीले यस्तो भनेका हुन्।

    शुक्रबार मात्रै नेपालमा ९ हजार भन्दा माथि संक्रमित थपिँदा ५० जनाको मृत्यु भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार