Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • ८ हजार ४१८ जना संक्रमित थपिदा, ५३ जनाको मृत्यु, उपत्यकामा मात्रै ३ हजार ११३

    ८ हजार ४१८ जना संक्रमित थपिदा, ५३ जनाको मृत्यु, उपत्यकामा मात्रै ३ हजार ११३

    अनलाइन नेपाल
  • शनिबार, २५ बैशाख २०७८
  • 1.6K
    SHARES

    फाइल फोटो

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ८ हजार ४१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ५३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ३१५ नमुनाको पीसीआर परीक्षण गर्दा ८ हजार २८७ जना र ९८९ जनाको एन्टिजेन परीक्षण गर्दा १३१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको हो ।

    पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमध्ये ३ हजार ११३ जना काठमाडौं उपत्यकाका हुन् । जसमा काठमाडौंका २ हजार २७०, ललितपुरका ४६२ र भक्तपुरका ३८१ संक्रमित छन् ।



    योसँगै नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ३ लाख ८५ हजार ८९० जना पुगेको छ भने सक्रिय संक्रमितको संख्या ३ हजार ४९३ पुगेको छ । त्यस्तै मृतकको संख्या ३ हजार ६३२ पुगेको छ । पछिल्लो २४ घण्टामा ३ हजार ३७० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ९८ हजार ७६५ पुगेको छ ।



    मन्त्रालयका अनुसार सक्रिय संक्रमितमध्ये ७८ हजार १८ जना होम आइसोलेसनमा रहेका छन् भने ५ हजार ४७५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । ७५८ जना संक्रमितको आईसीयू र २३१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको पनि मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार