Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • प्रधानमन्त्री ओलीको कोरोना रिपोर्ट नेगेटिभ

    प्रधानमन्त्री ओलीको कोरोना रिपोर्ट नेगेटिभ

    अनलाइन नेपाल
  • शनिबार, २५ बैशाख २०७८
  • 3.2K
    SHARES

    file photo

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोनाभाइरस परीक्षणको नतिजा नेगेटिभ आएको छ। पिसिआर परीक्षणका लागि हिजो स्वाब दिएका प्रधानमन्त्री ओलीको नतिजा नेगेटिभ देखाएको हो।

    हिजो बालुवाटारमा प्रधानमन्त्रीसँगै स्वकीय र निजी सचिवालय, सुरक्षा निकाय र चालकहरूसहित १०० जनाभन्दा बढीको स्वाव संकलन गरिएको थियो । अन्यको विवरण भने आउन बाँकी नै छ ।



    प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापालाई भने दोस्रो पटक कोरोना संक्रमण पुष्टि भएको छ। शनिवार आएको कोरोना रिपोर्टमा दोस्रो पटक पोजेटिभ देखिएको थापाले सामाजिक सन्जालमार्फत जानकारी गराएका छन्। थापालाई यस भन्दा अघि २०७७ असार १७ गते पनि कोरोना पोजेटिभ देखिएको थियो।



    यसैबीच संघीय संसद सचिवालयले २०५ जना सांसदसहित संघीय संसद्सँग सम्बन्धित १ हजार २३५ जनाको गरिएको पीसीआर परीक्षणमा भने २६ सांसदसहित सचिवालयका १ सय ६० जनालाई कोरोना संक्रमण भएको छ ।

    २०५ सांसदहरुको गरिएको पीसीआर परीक्षणमा भने १९ जनामा कोरोना संक्रमण भएको रिपोर्ट आएको संघीय संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए । १९ जना सांसदमध्ये एक जना राष्ट्रिय सभाका र बाँकी १८ जना प्रतिनिधिसभाका रहेका छन् । पहिल्यै पीसीआर परीक्षण गराएका थप ८ जना सांसदलाई पनि कोरोना संक्रमण भएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा विश्वासको मत लिनु अगाडि संघीय संसद् सचिवालयले गराएको पीसीआर परीक्षण र सांसदहरूले व्यक्तिगत रूपमा गरेको परीक्षणबाट उक्त संख्यामा सांसद कोरोना संक्रमित पाइएको हो । प्रतिनिधिसभा अधिवेशन वैशाख २७ गते बोलाइएको छ । संघीय संसद् सचिवालयले वैशाख २२, २३ र २४ गते दुई सय पाँच जना सांसदको पीसीआर परीक्षण गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार