Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • ललितपुर र बुटवल नेपाल सुपर लिग प्ले अफमा

    ललितपुर र बुटवल नेपाल सुपर लिग प्ले अफमा

    अनलाइन नेपाल
  • शनिबार, २५ बैशाख २०७८
  • 1.8K
    SHARES

    काठमाडौँ । ललितपुर सिटी एफसी र बुटवल लुम्बिनी एफसी नेपाल सुपर लिगको प्ले अफमा प्रवेश गरेका छन् । ललितपुरले विराटनगर सिटी एफसीलाई ४–० गोल अन्तरले तथा बुटवल लुम्बिनी एफसीले धनगढी एफसीलाई १–० गोलअन्तरले पराजित गर्दै लिगको शीर्ष चारमा स्थान बनाएका हुन् ।

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज सम्पन्न खेलमा ललितपुरका लागि कप्तान अन्जन विष्टले दुई तथा विमल राना र नुर्लान जाहिदले एक एक गोल गरे । दुवै टोलीले खेलको आरम्भदेखि नै निकै आक्रामक खेल प्रदर्शन गरेका थिए ।



    खेलको छैटौं मिनेटमा विराटनगरका लागि विदेशी खेलाडी एडिलाजा सोमिडेले गोलको प्रयास गर्नुभएपनि असफल भए । खेलको १४ औं मिनेटमा विराटनगरका एडिलाजाले नै गोलको अवसर गुमाए ।



    ललितपुरका गोलकिपर अर्पण कार्कीले उहाँलाई विफल पारे । कार्कीले लै विराटनगरका सन्तोष तामाङको प्रहार पनि सहजै रोके । खेलको ३६ औं मिनेटमा ललितपुरका कप्तान अन्जन विष्टले पहिलो गोल गरे । उनको प्रहार विराटनगरका गोलकिपर किशोर गिरीले रोक्न सकेनन् ।

    खेलको ६३ औं मिनेटमा ललितपुरका विमल रानाले आफ्नो टोलीका लागि दोस्रो गोल गरे । खेलको ८१ औं मिनेटमा कप्तान अन्जन विष्टले नै व्यक्तिगत दोस्रो गोल गर्दै ललितपुरलाई ३–० गोलको अग्रता दिलाए । खेलको ८५ औं मिनेटमा विराटनगरका रन्जित धिमालले रातो कार्ड पाएर मैदानबाट बाहिरिए ।

    खेलको इन्जुरी समयमा विदेशी खेलाडी नुर्लान जाहिदले गोल गर्दै ललितपुरलाई ४–० ले खेल जिताए । आजको खेलमा ललितपुरका कप्तान अन्जन विष्ट प्लेयर अफ दी म्याच घोषित भए । उनले रु २५ हजार पुरस्कार प्राप्त गरे । उदियमान खेलाडी ललितपुरकै डोना थापा चुनिए । उनले रु १० हजार पुरस्कार प्राप्त गरे ।

    जितसँगै ललितपुरले ६ खेलमा ९ अंक जोडेर लिगको तेस्रो स्थानमा उक्लिएको छ । विराटनगर ६ खेलमा ७ अंक जोडेर पाँचौं स्थानमा रहँदै प्रतियागिताबाट बाहिरियो ।

    यसैगरी अर्को खेलमा बुटवल प्ले अफमा नेपाल सुपर लिगको प्ले अफमा प्रवेश गरेको छ । दशरथ रंगशालामा भएको उक्त खेलमा धनगढी एफसीलाई १–० गोलले पराजित गर्दै बुटवल प्ले अफमा प्रवेश गरेको हो ।

    बुटवलका लागि निर्णायक गोल सुमन लामाले खेलको ८० औँ मिनेटमा गरे । बुटवलले लिग चरणको ६ खेलमा ८ अंक जोड्दै चौथो स्थानमा कायम रहन सफल भयो । आइतबार लिग चरणको अन्तिम खेलमा चितवन र काठमाडौं भिड्ने छन् ।

    धनगढी र काठमाडौंबीच पहिलो क्वालिफायर तथा ललितपुर र बुटवलबीच दोस्रो क्वालिफयर खेल हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार