Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • बार्सिलोना र एट्लेटिकोको खेल बराबरीमा

    बार्सिलोना र एट्लेटिकोको खेल बराबरीमा

    अनलाइन नेपाल
  • आइतबार, २६ बैशाख २०७८
  • 1.7K
    SHARES

    एजेन्सी । स्पेनिस ला लिगामा बार्सिलोनाले शीर्ष स्थानमा पुग्ने मौका गुमाएको छ ।

    गएराति भएको खेलमा एट्लेटिको मड्रिडसँग गोलरहित बराबरीमा रोकएपछि बार्सिलोनाले शीर्ष स्थानमा पुग्ने मौका गुमाएको हो । खेलमा दुवै टोलीले गोल गर्ने उत्कृष्ट मौका पाए पनि सदुपयोग गर्न सकेनन् ।



    बराबरीसँगै शीर्ष स्थानको एट्लेटिकोको ७७ अंक छ भने दोस्रो स्थानको बार्सिलोनाको ७५ अंक छ ।



    तेस्रो स्थानमा रहेको तर एक खेल कम खेलेको रियल मड्रिडको ७४ अंक छ । हिजो दुई टिमले बराबरी खेल्दा यसको फाइदा रियल मड्रिडलाई पुगेको छ ।

    अबको खेलमा विजयी भएमा रियल शीर्ष स्थानमा पुग्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार