Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • चेल्सीद्वारा म्यानचेस्टर सिटी पराजित

    चेल्सीद्वारा म्यानचेस्टर सिटी पराजित

    अनलाइन नेपाल
  • आइतबार, २६ बैशाख २०७८
  • 4.4K
    SHARES

    एजेन्सी । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेस्टर सिटी चेल्सीसँग पराजित भएको छ ।

    शनिबार राति भएको खेलमा चेल्सीले सिटीलाई २–१ गोलले हरायो । खेलको ४४ औं मिनेटमा सिटीका रहिम स्ट्रलिङले गोल गर्दै सिटीलाई अग्रता दिलाए पनि ६३ मिनेटमा हाकिम जेइच र इन्जुरी समयको अन्तिम मिनेटमा मार्कुस एलोन्सोले गोल गरेर टिमलाई जिताए ।



    जितसँगै चेल्सी ६४ अंकका साथ तेस्रो स्थानमा पुगेको छ । सिटी ८० अंकसहित शीर्ष स्थानमा छ ।



    शनिबार राति नै भएका खेलमा लिड्सले टोटनह्यामलाई ३–१ गोलले, क्रिस्टल प्यालेसले सेफिल्डलाई २–० गोलले तथा लिभरपुरले साउथ ह्याम्प्ट्नलाई २–० गोलले हरायो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार