Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • गण्डकीमा सरकार ढल्यो, मनाङ्गेको मन्त्री पद गुम्यो

    गण्डकीमा सरकार ढल्यो, मनाङ्गेको मन्त्री पद गुम्यो

    अनलाइन नेपाल
  • आइतबार, २६ बैशाख २०७८
  • 5K
    SHARES

    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएसँगै १२ दिन अघि मात्र मन्त्री बनेका राजीव गुरुङ उर्फ दीपक मनाङ्गेको मन्त्री पद गुमेको छ । मुख्यन्त्री गुरुङले आफ्नो सरकार बचाउनकै लागि मनाङ्गेलाई युवा तथा खेलकुद मन्त्रीमा नियुक्त गरेका थिए । अन्ततः गुरुङ राजीनामा दिन बाध्य भएपछि मनाङ्गेको मन्त्री पद पनि गुमेको हो । यद्यपी मन्त्री नियुक्त भएकै दिन मनाङ्गेले दुई हप्तामै यो सरकार ढल्न सक्ने बताएका थिए ।

    आफुविरुद्ध दर्ता भएको अविश्वासको मतविरुद्ध बहुमत पुर्याउन नसक्ने भएपछि गुरुङले राजीनामा दिएका हुन् । प्रदेश प्रमुख सीता पौडेललाई उनले राजीनामा बुझाएका हुन् अविश्वासको मतमा सोमबार मतदान हुँदैछ । मुख्यमन्त्रीले राजीनामा दिएसँगै सबै मन्त्रीहरु पदमुक्त भएका छन् । प्रदेश प्रमुख पौडेलले राजीनामा स्वीकृत गरेर तीन दिनभित्र नयाँ सरकार गठनका लागि समय दिएकी छिन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार