Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • एमालेद्वारा ओलीलाई विश्वासको मत दिन ह्वीप जारी

    एमालेद्वारा ओलीलाई विश्वासको मत दिन ह्वीप जारी

    अनलाइन नेपाल
  • आइतबार, २६ बैशाख २०७८
  • 1.9K
    SHARES

    काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्‍वासको मत दिन सांसदहरुलाई ह्‍वीप जारी गरेको छ ।

    आज मुख्य सचेतक विशाल भट्टराईले प्रधानमन्त्रीलाई विश्वासको मतको पक्षमा मतदान गर्न सांसदहरूका नाममा ह्वीप जारी गरेका हुन् ।



    संसदीय दलको बैठक बस्न नसकेपनि प्रधानमन्त्री एवं संसदीय दलका नेता केपी शर्मा ओलीको निर्देशन अनुसार ह्वीप जारी गरिएको भट्टराईले जनाएका छन् ।



    उनले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा २८ र नेकपा एमाले संसदीय दलको विधान,२०७७ को धारा २४ बमोजिम ह्वीप जारी गरेको उल्लेख गरेका छन् ।

    प्रधानमन्त्री ओलीले विश्वासको मत लिनका लागि भोली दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बोलाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार