Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • अख्तियारको आयुक्तमा पौडेल र अमात्य सिफारिस

    अख्तियारको आयुक्तमा पौडेल र अमात्य सिफारिस

    अनलाइन नेपाल
  • आइतबार, २६ बैशाख २०७८
  • 5.1K
    SHARES

    काठमाडौं । संवैधानिक परिषदको आइतबार बसेको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्तमा डा. हरि पौडेल र डा. सुमित्रा अमात्यको नाम सिफारिस गरेको छ ।

    बालुवाटार निकट स्रोतका अनुसार अख्तियारका तत्कालीन आयुक्त डा. गणेशराज जोशीको राजीनामा र सावित्री गुरुङको कार्यकाल सकिएपछि रिक्त रहेका दुई पदमा पौडेल र अमात्यको नाम सिफारिस भएको हो।



    पौडेल राष्ट्रपति कार्यालयका सचिव हुन् भने डा. अमात्य प्राध्यापक तथा राष्ट्रिय योजना आयोगको पूर्व सदस्य हुन् ।



    अमात्यले काठमाडौं महानगरपालिकाको फोहोर मैला व्यवस्थापन विभागको प्रमुख भएर काम गरेको थिइन ।

    पौडेलले सार्वजनिक प्रशासनमा विद्यावारिधी गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार