Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • आइसोलेसनबाटै सूर्य थापाको माधव नेपाललाई कटाक्ष – मतका लागि मनोगत शर्त र कुण्ठासँग सौदावाजी गर्नु मजाक हो

    आइसोलेसनबाटै सूर्य थापाको माधव नेपाललाई कटाक्ष – मतका लागि मनोगत शर्त र कुण्ठासँग सौदावाजी गर्नु मजाक हो

    अनलाइन नेपाल
  • सोमबार, २७ बैशाख २०७८
  • 2.1K
    SHARES

    फाइल फोटो

    काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार एवं नेकपा एमालेका नेता सूर्य थापाले माधवकुमार नेपालले अध्यक्ष ओलीलाई लेखेको पत्रलाई लिएर खण्डन गरेका छन्।

    हिजोराति नेता नेपालले पार्टी अध्यक्ष ओलीलाई पत्र लेख्दै आफुहरुको सर्त नमाने सांसद पदबाट राजिनामा दिने बताएका थिए। उक्त पत्रको खण्डन गर्दै नेता थापाले आफू आइसोलेसनमा रहेको बेला नेता नेपालले आफ्ना शर्त राख्दै अन्यथा बाटो लाग्ने नै पो भन्नुभएछ भन्दै आश्चर्य प्रकट समेत गरेका छन्।



    आज बिहान सामाजिक सञ्जालमार्फत् सल्लाहकार थापाले प्रधानमन्त्रीले विश्वासको मत लिन कसैका मनोगत शर्त र कुण्ठासँग सौदावाजी गर्न भनी मजाक गरेको आरोप समेत लगाएका छन्।



    राजनीति गर्नु राम्रो, तर परचक्री सेवाको नियतलाई स्वीकार्नु किमार्थ उचित हुँदैन उनले ट्वीटमा उल्लेख गरेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार