Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • ओलीविरुद्द माधव पक्षले कायरता प्रदर्शन गरेको बाबुरामको टिप्पणी

    ओलीविरुद्द माधव पक्षले कायरता प्रदर्शन गरेको बाबुरामको टिप्पणी

    अनलाइन नेपाल
  • सोमबार, २७ बैशाख २०७८
  • 2K
    SHARES

    काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेकपा एमालेका माधव नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्द कायरता प्रदर्शन गरेको भन्दै बेठीकको समर्थन गरेजस्तै भएको बताएका छन्।

    पूर्वप्रधानमन्त्री भट्टराईले नेपाल पक्षको निर्णयलाई कायरताको संज्ञा दिंदै सामाजिक सञ्जालमा टिप्पणी गरेका छन्।



    ट्वीटरमा उनले लेखेका छन्, ‘ठीक र बेठीक वीचको संघर्षमा तटस्थ बस्नु भनेको परोक्ष रूपमा बेठीकको समर्थन गर्नु वा ठीकको पक्षमा उभिन नसक्ने कायरता प्रदर्शन गर्नु हो।कहिले बेठीकहरू वीचमानै संघर्ष पर्दा बढी बेठीकको विरोध गर्नु सत्य र न्यायका पक्षधरको धर्म हो ! अहिले ओलीप्रवृत्ति बेठीकमध्ये बढी बेठीक छ;अत:विरोध गरौं!’



    केही बेरअघि मात्रै नेपाल पक्षले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने, बैठकमा सहभागी नहुने र राजिनामा पनि नदिने निर्णय गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार