Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • नेपाल सुपर लिगको फाइनलका लागि काठमाडौँ र धनगढी भिड्ने

    नेपाल सुपर लिगको फाइनलका लागि काठमाडौँ र धनगढी भिड्ने

    अनलाइन नेपाल
  • मंगलबार, २८ बैशाख २०७८
  • 1.5K
    SHARES

    काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल)को फाइनल प्रवेशका लागि आज काठमाडौँ रेजर्स र धनगढी एफसी भिड्ने भएका छन् ।

    दशरथ रंगशालामा सो खेल साँझ साढे ५ बजे हुने छ। लिग चरणमा ६ खेलबाट १३ अंक जोड्दै काठमाडौँ पहिलो र १० अंक जोड्दै धनगढी दोस्रो भएको थियो।



    अन्तिम खेलमा धनगढीले बुटवल लुम्बिनी एफसीसँग हार ब्यहोरेको थियो। यता काठमाडौँले भने चितवन एफसीलाई हराएको थियो।



    यो खेलमा पराजित हुने टोलीले फाइनल पुग्न पुन एकपटक खेल्न पाउने छ।

    त्यसका लागि तेस्रो र चौथो स्थानका टोलीबीच हुने खेलको विजेतालाई हराउनुपर्ने छ। तेस्रो स्थानमा ललितपुर सिटी एफसी र चौथो स्थानमा बुटवल रहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार