Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • चीनबाट अक्सिमिटर ल्याएर नेपालमा कालोबजारी गर्ने ७ जनाको गिरोह महाशाखाको फन्दामा

    चीनबाट अक्सिमिटर ल्याएर नेपालमा कालोबजारी गर्ने ७ जनाको गिरोह महाशाखाको फन्दामा

    ७ सयको अक्सिमिटरलाई २२ सय ! मास्कको डोरीमा ल्याएका थिए लुकाएर

    अनलाइन नेपाल
  • मंगलबार, २८ बैशाख २०७८
  • 3.4K
    SHARES

    काठमाडौँ। हाल विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड-१९का कारण उत्पन्न भएको विकराल अवस्थामा मानिसको शरीरको पल्स र अक्सिजनको मात्र नाप्न प्रयोग हुने अक्सिमिटरमा समेत कालोबजारी हुँदै आएको छ।

    यसैबीच, महानगरीय प्रहरी अपराध महाशाखाले उक्त अक्सिमिटरमा कालोबजारी गर्ने ७ जनाको गिरोहलाई पक्राउ गरेर सार्वजनिक गरेको छ।



    पक्राउ पर्नेमा बायोप्लस फर्माका संचालक २९ वर्षीय शिखर श्रेष्ठ, बाजुरा घर भएका २१ वर्षीय थुमराज उपाध्यय, नानोटेक फर्माका संचालक २७ वर्षीय शेषकान्त अधिकारी, चिरायू केडी ग्रुपका ३९ वर्षीय पुष्कर घिमिरे, अहा इन्डष्ट्रिज प्रालिका संचालक ४४ वर्षीय विशाल आचार्य, सिन्धुपाल्चोक घर भएका २१ वर्षीय सन्तोष भण्डारी र भारत राजस्थान घर भएका ५५ वर्षीय जगदीशप्रसाद रानासरिया रहेका छन्।



    प्रहरीले उनीहरुको विभिन्न फर्मा तथा औषधी पसलबाट ७ सय ६५ थान अक्सिमिटर बरामद गरेको महाशाखाका एसपी कृष्ण कोइरालाले जानकारी दिएका छन् ।

    त्यस्तै, अहा इन्डष्ट्रिज प्रालिका संचालक ४४ वर्षीय विशाल आचार्यले डी एण्ड डी इन्टरप्राइजेज, न्युरोड मार्फत् चीनबाट मास्कको डोरी ल्याउँदा सोही तुनाको बक्साभित्र लुकाएर ल्याएको खुलेको छ। उनीहरुले ६र७ सय पर्ने अक्सिमिटर २२ सय भन्दा बढी मूल्यमा बिक्री गर्ने गरेको खुलेको छ।

    अनुसन्धानबाट खुल्न आएको कुराः
    बरामद सामग्रीहरुः
    पक्राउ परेका सबैलाई कालोबजारी ऐन अन्तर्गत कारवाहीको प्रकृया अगाडि बढाएको र अन्यको संलग्नताबारे प्रहरीले अनुसन्धान अघि बढाएको एसपी कोइरालाले बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार