Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • खाद्यान्न पसल विहान १० बजेसम्म खोल्न पाइने, पार्टी प्यालेस बन्द

    खाद्यान्न पसल विहान १० बजेसम्म खोल्न पाइने, पार्टी प्यालेस बन्द

    अनलाइन नेपाल
  • मंगलबार, २८ बैशाख २०७८
  • 3.1K
    SHARES

    काठमाडौं । उपत्यकामा १५ दिन निषेधाज्ञा थप गर्दै पहिले भन्दा अझै कडा बनाउने निर्णय गरिएको छ । उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को बैठकले निषेधाज्ञा जेठ १३ गतेसम्म थप गर्ने निर्णय गरेको हो । त्यस्तै आजको बैठकले राष्ट्रिय प्राथमिकताप्राप्त विकास आयोजनाबाहेकका सबै निर्माण कार्य पनि रोक्ने निर्णय भएको छ ।

    काठमाडौंका सीडीओ कालीप्रसाद पराजुली अनुसार बैठकले अबदेखि पार्टी प्यालेसमा विवाह, ब्रतबन्ध र भोजजस्ता कार्यक्रम पनि रोक्ने र यस्ता कार्यक्रम घरमा गर्दा पनि १० जना भन्दा बढी सहभागी हुन नपाइने निर्णय गरेको छ। अब यस्ता कार्य थोरै व्यक्तिको सहभागितामा घरमै भेला भएर गर्न पराजुलीले आग्रह गरेका छन् ।



    त्यसैगरी उपत्यकामा अब विहान १० बजेसम्म किराना पसल र डिपार्टमेन्ट स्टोर खोल्न दिने निर्णय भएको छ । ९ बजेसम्म मात्र खोल्न दिँदा भीडभाड बढेको हुनाले १० बजेसम्म खोल्न दिने निर्णय भएको उनको भनाइ छ ।



    यसअघि सरकारले गत वैशाख १६ गतेदेखि कोरोना भाइरस संक्रमणको चेन ब्रेक गर्न भन्दै काठमाडौँ उपत्यकाका जिल्लालगायत अन्य बाहिरी जिल्लाहरुमा समेत निषेधाज्ञा जारी गरिएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार