Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • निषेधाज्ञामा झन् बढे कोरोना संक्रमित, आज एकैदिन ९,४३८ जनामा संक्रमण

    निषेधाज्ञामा झन् बढे कोरोना संक्रमित, आज एकैदिन ९,४३८ जनामा संक्रमण

    अनलाइन नेपाल
  • मंगलबार, २८ बैशाख २०७८
  • 1.6K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्यामा उकालो लाग्ने क्रम उच्च  रहेको छ । कोरोना संक्रमणको जोखिम उच्च रहेको भन्दै सरकारले गत बैशाख १६ गतेदेखि  काठमाडौँ उपत्यकालगायत देशका अन्य सहरी जिल्लाहरु (७१ वटा)मा लकडाउन समेत लागू गरिएको छ। तर, लकडाउनले कोरोना संक्रमण घटाउनुको सट्टा झन् झन्  बढ्दै गएको मन्त्रालयको आजको तथ्यांकमा देखिन्छ।

    तर, कोरोनाको दोस्रो लहर सुरुभएपछि आज अहिलेसम्मकै धेरै संक्रमितको संख्या ९ हजार ४ सय भन्दा पनि माथि रहेको छ।  नेपालमा कोरोना संक्रमितको संख्या  पहिलोपटक यति धेरै भएको हो।



    यसैबीच, पछिल्लो २४ घण्टामा देशभर ९ हजार ४८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमितको संख्या ४१ लाख ३ हजार १११  पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।



    यस्तै, आज कोरोना भाइरस संक्रमणका कारण अहिलेसम्मकै धेरै २२५ जनाको मृत्यु भएको छ। योसँगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको ४ हजार ०८४ जना पुगेको छ।

    आज देशभर ५ हजार २२५ जना कोरोना संक्रमणमुक्त भइ डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ। हालसम्म नेपालमा ३१ लाख २  हजार ०१९ जना संक्रमणमुक्त भएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार