Online Nepal
  • मंगलबार, ४ बैशाख २०८१
  • गण्डकी प्रदेशमा थप १२ जना कोरोना संक्रमितको मृत्यु

    गण्डकी प्रदेशमा थप १२ जना कोरोना संक्रमितको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, २८ बैशाख २०७८
  • 1.7K
    SHARES

    पोखरा । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले  मंगलबार जारी गरेको विज्ञप्तिमा थप १२ कोरोना संक्रमितको मृत्यु भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयमा कुल २ सय ८८ जनाको कोभिड–१९ का कारण ज्यान गएको जनाएको छ ।

    मृत्यु हुनेमा कास्कीका ६ जना, रुपन्देही र म्याग्दीका २र२, स्याङ्जा र तनहुँका १/१ जना छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोखरा १७ का ८४ वर्षीय पुरुषको गएराति, स्याङ्जाको भीरकोट १ का ६८ वर्षीय पुरुषको सोमबार दिउँसो मृत्यु भएको छ ।



    पश्चिमाञ्चल सामुदायिक अस्पताल, पोखरामा सोमबार नै तनहुँको व्यास १ की ५७ वर्षीया महिला र पोखरा १६ की ६० वर्षीया महिलाको मृत्यु भयो ।



    मणिपाल शिक्षण अस्पतालमा रुपन्देहीको बुटवल ११ की ५५ वर्षीया महिला र पोखरा ८ का ६५ वर्षीय पुरुषको गएराति मृत्यु भयो । मणिपालमै गएराति म्याग्दीको बेनी ९ की ५२ वर्षीया महिलाको मृत्यु भएको छ ।

    पोखरा ६ का ५२ वर्षीय पुरुषको फिस्टेल अस्पतालमा गएराति मृत्यु भयो भने होम हाइसोलेसनमै पोखरा २१ का ८० वर्षीय पुरुषको मृत्यु भएको छ । गण्डकी मेडिकल कलेजमा गएराति पोखरा ६ की एक महिलाको मृत्यु भयो ।

    रुपन्देहीको सैनामैना १ का ४० वर्षीय पुरुषको चरक मेमोरियल अस्पतालमा मंगलबार बिहान मृत्यु भएको छ । म्याग्दीको बेनीका ६० वर्षीय पुरुषको मंगलबार वेनी अस्पतालमा मृत्यु भयो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार