Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • प्यालेस्टाइनी बिद्रोहीद्वारा तेल अविवमा मिसाइल आक्रमण

    प्यालेस्टाइनी बिद्रोहीद्वारा तेल अविवमा मिसाइल आक्रमण

    अनलाइन नेपाल
  • बुधबार, २९ बैशाख २०७८
  • 2.1K
    SHARES

    एजेन्सी । प्यालेस्टाइनी बिद्रोहीले इजरायली शहर तेल अविवमा मिसाइल आक्रमण गरेको छ । तेल अविवमा १३० वटा मिसाइल प्रहार गरेको प्यालेस्टाइनी बिद्रोहीले बताएका छन् ।

    गाजापट्टीमा रहेको १३ तले भवनमा इजरायलले गरेको हवाई आक्रमणका कारण ध्वस्त भएको छ । त्यहाँका बासिन्दालाई बाहिर निस्कन भनेको डेढ घण्टा भित्रै हावाई आक्रमण भएको समाचार संस्था रोयटर्सले जनाएको छ ।



    रकेट आक्रमणको जवाफमा गाजामा रहेका बिद्रोहीलाई निशाना बनाएको इजरायली सेनाले बताएको छ ।



    पछिल्लो पटक भएका हिंसामा कम्तीमा ३१ जनाको ज्यान गएको छ । इजलायल तर्फ तीन तथा प्यालेस्टाइन तर्फ कम्तीमा २८ जनाको ज्यान गएको छ ।

    अन्तर्राष्ट्रिय समुदायले तनाव कम गरि हिंसा अन्त्यका लागि अपील गरेका छन् ।

    जेरुशेलाममा भएको हिंसाको घटनापछि त्यसले बिस्तारित रुप लिएको छ । बिद्रोहीहरुले जेरुशेलमसहितका क्षेत्रमा सयौँ रकेटहरु यसअघि नै प्रहार गरिसकेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार