Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • देउवाले बोलाए तीन दलको बैठक, नेपाल पक्ष सरकारमा जाने सम्भावना कति ?

    देउवाले बोलाए तीन दलको बैठक, नेपाल पक्ष सरकारमा जाने सम्भावना कति ?

    अनलाइन नेपाल
  • बुधबार, २९ बैशाख २०७८
  • 1.9K
    SHARES

    फाइल फोटो

    काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आफ्नो नेतृत्वमा नयाँ सरकार गठन गर्न जोडतोडसँग लागिपरेका छन्।

    सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत गुमाएपछि बहुमतको नयाँ सरकार गठनको दाबी प्रस्तुत गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले भोलिसम्मको समय दिएपछि आज दिनभर कांग्रेस, माओवादी केन्द्र र जसपा नयाँ सरकार गठनको कसरतमा थप सक्रिय हुने देखिएको छ।



    माओवादी केन्द्र र नेपाली कांग्रेसले नयाँ सरकार गठनको कसरत गरे पनि जसपाको एउटा समूह भने तयार भइसकेको छैन ।  जसपाका सबै सांसदहरु नयाँ सरकार गठनको पक्षमा नउभिए विपक्षी गठबन्धनलाई सत्तामा जान बहुमत पुग्ने देखिएको छैन।



    यस्तै, नेकपा एमालेको माधवकुमार नेपाल पक्षपनि नयाँ सरकार गठनका लागि निर्णायक मानिएको छ।

    यसै विषयमा अन्य विपक्षी दलहरुसँग छलफल गर्न कांग्रेस सभापति देउवाले दिउँसो तीनदलको बैठक डाकेका छन्।

    बूढानीकण्ठमा सभापति देउवाले माओवादी केन्द्र र जसपाका शिर्ष नेतालाई छलफलका लागि बोलाएको पार्टी सह–महामन्त्री डा. प्रकाश शरण महतले जानकारी दिए।

    यसअघि देउवाले हिजो नै यो बैठक आह्वान गरेपनि पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी भित्र छलफल नै नगरी सरकार गठनका सन्दर्भमा बैठक बोलाएको भन्दै आपत्ती जनाएपछि बैठक स्थगित भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार