Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • ‘सरकार ! अब हामीलाई सस्तो सपना होइन, वास्तविक विपना चाहियो’

    ‘सरकार ! अब हामीलाई सस्तो सपना होइन, वास्तविक विपना चाहियो’

    अनलाइन नेपाल
  • बुधबार, २९ बैशाख २०७८
  • 2.7K
    SHARES

    काठमाडौँ। नेपालमा कोरोना भाइरसको महामारी कति भयावह अवस्थामा पुगेको छ भन्ने चित्र पछिल्लो २२५ मृत्युको संख्याले देखाउँछ । मृतक संख्या तेस्रो दिनमै झण्डै तेब्बर बढ्दा अस्पतालहरुमा अक्सिजनको हाहाकार छ भने धेरै जसो अस्पतालले बिरामी भर्ना लिन नसक्ने घोषणा नै गरिसकेका छन् ।
    १५ दिनअघि अस्पतालको खोजिमा स्वयम भैतारिरहँदा ३० जना संक्रमितको मृत्यु हुँदा अस्पतालहरुमा अक्सिजनको अभाव चर्किसकेको थियो । अक्सिजन अभावकै कारण अस्पतालले नयाँ बिरामी भर्ना लिन सकेको थिएन । र, पहिले नै भर्ना भएकालाई अक्सिजन पुर्याउन नसकेर स्वास्थ्यकर्मिहरु निकै तनावमा देखिन्थेँ । बिरामीहरु सडकपेटीमै छट्पट्टाईरहेका दृष्य भयाबह देखिन्थ्यौं ।
    कोरोना महामारीले संसार आतंकित रहेको थियो । विश्व स्वास्थ्य संगठन चिन्तित रहदै भाइरस रोकथामका सम्पूर्ण उपायहरू प्रयोग गर्न सरकारहरूलाई अपील गरेको गरेकै थियो तर, हाम्रो देशको सरकार र स्वास्थ्य मन्त्रालय भगवान भरोसामा दिन बिताइरहेका थिएँ । गणतान्त्रिक सरकार राजतन्त्रमा राजाले झैँ ‘पशुपतिनाथले हामी सबैको कल्याण गरून’ भन्दै पशुपतिको पुकारा गरिरहेर बसिरहेँ । शासकहरूमा न त इमानदारीता र इच्छाशक्ति देखियो न त नेताहरूमा सिद्धान्त निष्ठता । त्यस्को परिणाम आज जिन्दगी भरी सरकारलाई कर बुझाउँदा पनि यदि जनता भेन्टिलेटर र अक्सिजन नपाएर मृत्यु हुनुपरेको छ ।
    समयैमा सतर्कता अपनाएको भए नेपाललाई कोभिड १९ बाट सुरक्षित राख्न सकिन्थ्यो । किनकि, नेपाल विश्वको काँठमा अवस्थित देश हो । अन्तर्राष्ट्रिय हवाई उडान जसरी समयमै व्यवस्थित गरियो, त्यसैगरी भारतको सीमाक्षेत्र सुरुदेखि नै व्यवस्थित गर्नसकेको भए आज यो अवस्था व्यहोर्नुपर्ने थिएन । नीतिगत रूपमा तहगत संरचना, उनीहरू बीचको चुस्तदुरुस्त समन्वय त्यस्तै पर्याप्त स्वास्थ्य सामाग्री, आवश्यक दक्ष जनशक्ति, व्यवस्थित क्वारेन्टिन, सुरुबाटै जनस्तरमा जनचेतना दिनसकेको भए कोभिड १९ माथि सजिलै विजय प्राप्त गर्न सकिन्थ्यो ।
    सरकार बेलाकुबेला चाहिने नचाहिने फण्डा गर्दै हिँड्ने गरेको छ । देशले कोरोना कहर काटिरहेको बेला कहिले सरकार पार्टी फुटाउने अध्यादेश ल्याउँछ र देशमा बबण्डर मच्चाउँछ ।
    विश्वव्यापी कोरोना महामारीको कारण संक्रमित हुने र ज्यान गुमाउनेको संख्या दिनानुदिन बढेको बढेकै छ । न त महामारी नियन्त्रणमा सरकारले कुनै प्रभाकारी प्रयास गरेको देखियो, न त संक्रमितहरूको उपचारमा राज्यले दायित्व लिएको नै देखियो । स्वाव परिक्षणबाट समेत भागेर राज्यले आफ्नो निरिहता प्रदर्शन गरिरहेको छ । तैपनि दुनियाँसामु प्रतिवेदनमा भने कोरोना नियन्त्रणमा सरकारले उल्लेख्य सफलता प्राप्त गरेको बयानबाजी गरेको गरेकै छ ।
    सरकारले कोरोना नियन्त्रणमा उल्लेख्य सफलता प्राप्त गरेको दाबी गरिरहेको छ । सरकारको दाबी आफ्नै ठाउँमा छ । तर लकडाउनको एक बर्षलाई फर्किएर हेर्यौं भने कस्तो चित्र देखिन्छ त ? कोरोनाको संक्रमण विश्वव्यापी भएसँगै गत वर्ष देखि अहिले सम्म स्वास्थ सामाग्रीजस्तो अत्यन्तै संवेदनशील वस्तुहरूका खरिदमा समेत भ्रष्टाचार गरिएको छ ।
    यसबीचमा प्राय: सबैको सबैको राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री बन्ने धोको पूरा भएको हुनुपर्छ । किनकि, सरकार बनाउन र भत्काउन सायद संसारकै च्याम्पियन छन् नेताहरु ।
    नेताहरुको कुन आदेश मानेनौं हामीले ? राणा विरूद्ध लड्न बोलाउनुभयो । राणाशाही अन्त्य नहुन्जेल लड्यौं । पञ्चायतविरूद्ध लड्न बोलाउनु भयो । पञ्चायत नढलुन्जेल लड्यौं । जनयुद्ध लड्ने आदेश दिनुभयो । जनयुद्ध पनि लड्यौं । कृपया भनिदिनुस् नेतागण, हामीले तपाईंहरूको कुन आदेश मानेनौं ? हामीले तपाईहरूमाथि के अन्याय गर्यौं ? के अपराध गर्यौं ? के पाप गर्यौं ? जसको सजायँ हामी जनतालाई यति दर्दनाक अबस्थामा निर्ममतापूर्वक दिइरहनु भएको छ ?
    हाम्रो भोटले राष्ट्रपति बन्नु भो, प्रधानमन्त्री बन्नु भो, मन्त्री बन्नु भो । हामीलाई शासन गर्ने शासक बन्नु भो । हामी नागरिकको अपेक्षा थियो, हाम्रा नेताहरू शासक होइन; हाम्रा सेवक बनुन् । हाम्रो असल अभिभावक बनुन् । समस्यामा साथ दिने सहृदयी साथी बनुन् ।तर, तपाईहरू त हामीलाई सधैं शोषण गर्ने शोषक बन्नु भो । हाम्रो अप्ठेरोमा अट्टहास गर्ने शासक बन्नु भो
    सधैं कुकुर-बिरालाको खेल खेलिरहन तपाईंहरूलाई भोट दिएका होइनौं हामीले । अब हामीलाई सस्तो सपना होइन, वास्तविक विपना चाहियो । कृपया ! राष्ट्रवाद, राष्ट्रघात, पुँजिवाद, समाजवाद, साम्यवाद विभिन्न वादका नाममा आरोप-प्रत्यारोप र झगडा गर्न बन्द गर्नुस् । पार्टीका नाममा जन्मजात
    काँग्रेस र कम्युनिस्टमा नागरिकलाई कित्ताबन्दी गर्न छाडिदिनुस् ।अहिलेको अवस्थामा यो पार्टी त्यो पार्टी छाड्नुहोस्। समस्या पर्दा एक ढिक्का रहेरआ-आफ्नो पहलबाट आवश्यक तयारी युद्धस्तरमा गर्नु जरुरी छ । अन्यथा, तपाइँहरुको कुर्शि जोगाउँदा जोगाउँदै प्लेग, कोलेरा, इबोलाले संसारमा जसरी लाखौं, करोडौं मान्छेको ज्यान लिएको थियो, त्यस्तै महामारीको रूप लिन सक्छ कोरोनाले पनि ।
    ( पोखरेल -नेपाल पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष हुनुहुन्छ )

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार