ओलीलाई नै निरन्तरता दिनेमा ठाकुर-महतो, राष्ट्रपतिलाई भने – उपेन्द्रको हस्ताक्षर चल्दैन

ओलीलाई नै निरन्तरता दिनेमा ठाकुर-महतो, राष्ट्रपतिलाई भने – उपेन्द्रको हस्ताक्षर चल्दैन

अनलाइन नेपाल
  • बुधबार, बैशाख २९ २०७८

  • 1.9K
    SHARES

    ओलीलाई नै निरन्तरता दिनेमा ठाकुर-महतो, राष्ट्रपतिलाई भने – उपेन्द्रको हस्ताक्षर चल्दैन

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् ।

    सोमबार प्रधानमन्त्री केपी शर्मा ओली विश्वासको मतमा अल्पमतमा परेपछि राष्ट्रपति भण्डारीले बहुमतको सरकार गठन गर्न दिएको समय घर्किन लागेका बेला उनीहरूले शीतल निवास गएर राष्ट्रपति भण्डारीलाई भेटेका हुन् ।



    भेटमा अध्यक्ष ठाकुर र नेता महतोले जसपाको प्रथम अध्यक्ष आफू भएको र निर्वाचन आयोगमा पनि आफ्नै हस्ताक्षर चल्ने भन्दै अरु कोही आए वैधता नदिन राष्ट्रपति भण्डारी समक्ष आग्रह गरेको स्रोतले बताएको छ।

    शीतल निवास जानुअघि ठाकुर र महतोले बालुवाटारमा गएर प्रधानमन्त्री ओलीसँग छलफल गरेका थिए । छलफलमा विपक्षी गठबन्धनलाई बहुमत पुग्न नदिने रणनीतिबारे छलफल भएको स्रोतको भनाइ छ।

    जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव-बाबुराम पक्ष विपक्षी गठबन्धलाई सहयोग गर्नुपर्ने अडानमा छ भने ठाकुर र महतो भने ओलीलाई नै निरन्तरतामा देखिएका छन्। जसले गर्दा सोमबार उनीहरुले तटस्थमा बस्दै मतदानको क्रममा भोट हालेका थिएनन्।

    सम्बन्धित विषय

    अनलाइन नेपालमा प्रकाशित समाचारको बारेमा कुनै प्रतिक्रिया, सुझाव तथा सूचना दिनुपरेमा [email protected] मा पठाउनुहोला । निरन्तर समाचारको लागी हामीसँग फेशबुक तथा ट्वीटरमा जोडिन सक्नुहुनेछ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार