Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • नेपालमा अक्सिजनको हाहाकार बढेपछि खाडीका नेपालीले किने ६ सय सिलिण्डर, छिट्टै आइपुग्ने

    नेपालमा अक्सिजनको हाहाकार बढेपछि खाडीका नेपालीले किने ६ सय सिलिण्डर, छिट्टै आइपुग्ने

    अनलाइन नेपाल
  • बुधबार, २९ बैशाख २०७८
  • 4K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपालमा कोरोना भाइरसको महामारीसँगै मेडिकल अक्सिजनको हाहाकार बढेपछि उक्त महामारीमा सघाउन खाडी मुलुकमा रहेका नेपालीहरुले ६ सय थान अक्सिजन सिलिण्डर खरिद गरेका छन् ।

    ओमानस्थित गैरआवासीय नेपाली सोसल क्लव (एनआरएन) का अध्यक्ष विकल झाका अनुसार प्रतिसिलिण्डर ४० लिटर अक्सिजन अट्ने ६ सय थान सिलिण्डर खरिद गरिएको छ।



    खाडी मुलुकका सबै नेपालीको स्वतस्फूर्त आर्थिक सहयोग हुनेगरी सिलिण्डर खरिद सकिएको र आइतबारसम्म नेपाल पठाउनेगरी तयारी गरिरहेको झाले जानकारी दिए ।



    अक्सिजन सिलिण्डर नेपाल पठाउनका लागि मस्कटस्थित दूतावाससँग समन्वय गरिरहेको पनि उनले बताए । ढिलोमा आइतबारसम्म सिलिण्डर नेपाल पुर्‍याउने गरी काम भइरहेको उनले सुनाए ।

    अक्सिजन अभावमा जनताले मृत्युवरण गरेका समाचारले खाडीमा रहेका नेपाली चिन्तत भएको र स्वतस्फूर्त रुपमा सहयोगका अपिलहरु सुरु भएको पनि झाको भनाइ छ।

    खाडी मुलुकमा रहेका नेपालीले खरिद गरेको अक्सिजन सिलिण्डर नेपाल पठाउन परराष्ट्र मन्त्रालयमार्फत सहजीकरण गरिररहेको ओमानस्थित नेपाली दूतावासले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार