Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • गण्डकीमा विपक्षीलाई ठूलो धक्का, मुख्यमन्त्रीमा गुरुङ पुन: नियुक्त

    गण्डकीमा विपक्षीलाई ठूलो धक्का, मुख्यमन्त्रीमा गुरुङ पुन: नियुक्त

    अनलाइन नेपाल
  • बुधबार, २९ बैशाख २०७८
  • 1.5K
    SHARES

    कास्की। आइतबार मुख्यमन्त्रीबाट राजीनामा दिएका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पुन: सोही पदमा नियुक्त भएका छन् ।

    नयाँ सरकार गठनका लागि विपक्षी दलले समय सीमाभित्र बहुमत (३१ जना सांसदको हस्ताक्षर) जुटाउन नसकेपछि गुरुङ पुन मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।



    प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ को उपधारा ३ अनुसार गुरुङलाई मुख्यमन्त्री पदमा नियुक्त गरेकी हुन्। आजै पद तथा गोपनियताको सपथ लिने कार्यक्रम रहेको छ।



    प्रदेश प्रमुखले दिएको समयवधिभर बहुमतको सरकार बनाउन विपक्षी दलले कसरत गरेका थिए । तर जनमोर्चाका दुई सांसदले साथ नदिएपछि विपक्षीलाई धक्का पुग्दै गठबन्धनको कसरत खेर गएको छ।

    गुरुङ मुख्यमन्त्री पदमा आज नियुक्त भए पनि उनले प्रदेशसभामा एक महिनाभित्र विश्वासको मत लिनुपर्नेछ।

    यसअघि बिपक्षी दलहरु कांग्रेस, माओवादी, जसपा र राजमो गठबन्धनले प्रदेश प्रमुख पौडेल समक्ष पत्र बुझाउदै कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्रीमा दावी गरेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार