Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • ओलीलाई पदमुक्त गर्नकै लागि भएपनि हामी राजिनामा दिन्छौं : भीम रावल

    ओलीलाई पदमुक्त गर्नकै लागि भएपनि हामी राजिनामा दिन्छौं : भीम रावल

    'असाधारण समस्याको समाधान गर्न असाधारण पाइला चाहिन्छ'

    अनलाइन नेपाल
  • बुधबार, २९ बैशाख २०७८
  • 1.6K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका नेता भीम रावलले आफू सामूहिक राजीनामा दिनुपर्ने पक्षमा उभिएको उल्लेख गरेका छन्।

    पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदमुक्त गर्नकै लागि भएपनि आफूहरुले सामूहिक राजिनामा दिनपर्ने रावलको भनाइ छ।



    नयाँ सरकार गठनका लागि विपक्षी दलहरुबीच छलफल चलिरहेको बेला एमालेका उपाध्यक्ष समेत रहेका रावलले असाधारण समस्याको समाधान गर्न असाधारण पाइला चाहिन्छ भन्दै आफूहरुले राजिनामा दिन लागेको प्रस्ट पारेका छन्।



    सामाजिक सञ्जाल ट्वीटरमा रावलले लेखेका छन्, ‘असाधारण समस्याको समाधान गर्न असाधारण पाइला चाहिन्छ । थप राष्ट्रिय हित, पार्टी विधान विपरीत र अलोकतान्त्रिक कार्य गर्नबाट प्रधानमन्त्री केपी ओलीलाई रोक्न पदमुक्त गर्नु आवश्यक छ । त्यसका लागि हामीले सांसद पदबाट राजीनामा गरी स्थिति निर्माण गर्नुपर्छ । यो राजनीतिक नैतिकता र कानूनी दृष्टिले धेरै उचित छ।’

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार