Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • उपत्यकामा वैशाख ३० गतेदेखि अत्यावश्यकबाहेक सबै कार्यालय बन्द गर्ने निर्णय

    उपत्यकामा वैशाख ३० गतेदेखि अत्यावश्यकबाहेक सबै कार्यालय बन्द गर्ने निर्णय

    अनलाइन नेपाल
  • बुधबार, २९ बैशाख २०७८
  • 3.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । कोभिड–१९ को जोखिमका कारण निषेधाज्ञाको अवधिभर काठमाडौँ उपत्यकामा  अत्यावश्यकबाहेक कार्यालय बन्द हुने भएको छ ।

    जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज एक सूचना जारी गरी कोरोनाको महामारी तिब्र रुपमा बढिरहेकाले त्यसको नियन्त्रणका लागि उक्त निर्णय गएिको जनाएको छ ।



    प्रशासनद्धारा जारी सार्वजनिक सूचनामा भनिएको छ, ‘निषेधाज्ञाको अवधिभर अत्यावश्यक सेवाको कार्यालय बाहेक अन्य सबै जिल्लास्थित कार्यालय यही वैशाख ३० गतेदेखि बन्द गर्ने/गराउने व्यवस्थाका लागि जानकारी गराइन्छ’ ।



    सूचनामा अत्यावश्यक सेवाका कार्यालयलाई सेवा प्रवाहमा कुनै व्यवधान आउन नदिइ न्यूनतम जनशक्तिमा सेवा प्रवाहको व्यवस्थापन गर्नसमेत भनिएको छ ।

    उपत्यकामा आज राति १२ बजेदेखि लागू हुनेगरी आगामी जेठ १३ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । सङ्क्रमण दर नघटेपछि पुनः दुई साता थप गरिएको हो ।

    निषेधाज्ञामा अत्यावश्यक खाद्य सामग्री खरिद बिक्रीका लागि बिहान १० बजेसम्म खुला रहने भएको छ । उक्त समयमा अत्यावश्यक खाद्य सामग्रीका पसल, व्यवसाय र डिपार्टमेन्टल स्टोर्स (खाद्य सामग्री मात्र विक्री गर्न) खुला हुने छ । मानिसका भिडभाड हुने सबै गतिविधिमा रोक लगाइएको छ ।

    विवाह, ब्रतबन्ध होटल तथा पार्टी प्यालेसमा गर्न रोक लगाइएको छ । घरमै उक्त कार्य गर्दा दश जनाभन्दा बढी उपस्थित हुन नपाइने आदेशमा भनिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार