Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • ‘शताब्दी पुरुष’ सत्यमोहन जोशीको आज १०२ औँ जन्मोत्सव

    ‘शताब्दी पुरुष’ सत्यमोहन जोशीको आज १०२ औँ जन्मोत्सव

    अनलाइन नेपाल
  • बिहिबार, ३० बैशाख २०७८
  • 1.6K
    SHARES

    काठमाडौँ । वाङमय शताब्दी पुरुष सत्यमोहन जोशी आज १०२ वर्षमा प्रवेश गरेका छन् ।

    विसं १९७७ बैशाख ३० गते ललितपुरको बखुम्बहालमा जोशीको जन्म भएको हो । संस्कृतिविद् जोशी १०२ वर्षको उमेरमा पनि उत्तिकै सक्रिय छन् । साहित्य लेखनसँगै संस्कृति र परम्पराका बारेमा उनले कलम चलाउँदै आएका छन् ।



    उनी लोक संस्कृति र इतिहासको पुस्तकालय नै हुन् । तीन पटक मदन पुरस्कार विजेता जोशीका प्रबन्ध तथा अनुसन्धानात्मक कृति प्रकाशित छन् । जोशीलाई २०१३ सालमा ‘नेपाली लोक संस्कृति’, २०१७ मा ‘नेपाली राष्ट्रिय मुद्रा’ तथा २०२८ मा ‘कर्णाली लोक संस्कृति’ पुस्तकका लागि मदन पुरस्कार प्रदान गरिएको थियो ।



    उनले ५० भन्दा बढी पुस्तक लेखेका छन् । नेपाल राष्ट्र बैंकले गत वर्ष भदौमा संस्कृतिविद् जोशीको तस्बिर अंकित एक सय, एक हजार र दुई हजार पाँच सय दरका सिक्का समेत सार्वजनिक गरेको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार