Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • ओलीले बालुवाटारमा स्थायी कमिटी बैठक डाके

    ओलीले बालुवाटारमा स्थायी कमिटी बैठक डाके

    अनलाइन नेपाल
  • बिहिबार, ३० बैशाख २०७८
  • 1.8K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी बैठक डाकेका छन्।

    संविधानको धारा ७६ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलको बहुमतको सरकार बनाउन राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय सकिन लाग्दा ओलीले अहिले बालुवाटारमा बैठक डाकेका हुन् ।



    विपक्षी गठबन्धनले नयाँ सरकार बनाउन कसरत गरिरहेको र एमालेमा नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका सांसदहरूले सामूहिक राजीनामा दिने धम्की दिइरहेको सन्दर्भमा छलफल गर्न ओलीले स्थायी कमिटी बैठक डाकेका हुन्।



    राष्ट्रपति भण्डारीले दलहरूलाई मिलेर बहुमतको सरकार बनाउन आज राति ९ बजेसम्मको समय दिएकी छिन् । बहुमतको दाबी गर्न नसके संविधानको धारा ७६ को ३ अनुसार संसदको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताका हैसियतमा ओलीले नै प्रधानमन्त्री हुने सम्भावना कायमै छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार