Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • एमालेको विवाद नयाँ मोडमा, नेपाल र ओलीबीच भेटवार्ता हुँदै

    एमालेको विवाद नयाँ मोडमा, नेपाल र ओलीबीच भेटवार्ता हुँदै

    अनलाइन नेपाल
  • बिहिबार, ३० बैशाख २०७८
  • 2.4K
    SHARES

    फाइल फोटो

    काठमाडौँ। नयाँ सरकार गठन, पार्टीभित्रको विवाद व्यवस्थापनलगायतका विषयमा छलफल गर्न नेकपा एमालेको स्थायी कमिटीको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ ।

    यही वैशाख २७ गते प्रतिनिधिसभाको विशेष अधिवेशनमा प्रधानमन्त्री एवं सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीका पक्षमा विश्वासको मत नपुगेपछि दुई वा दुई भन्दा बढी दलको समर्थनमा नयाँ सरकार गठनका लागि राष्ट्रपतिले आज राति ९ बजेसम्मका लागि समय दिएकी छिन् ।



    एमालेभित्र असन्तुष्ट माधवकुमार नेपालसहितका २८ सांसद २७ गतेको उक्त बैठकमा अनुपस्थित भएपछि विवाद नयाँ मोडमा पुगेको छ । नयाँ सरकार गठनमा विपक्षी गठबन्धनलाई मत सहयोग पुग्ने गरी नेपाल पक्षका सांसदले राजीनामा दिने तयारी गरेपछि एमाले शीर्ष नेतृत्व पार्टी एकताका लागि गम्भीर भएको हो ।



    बैठकले लचकताका साथ प्रस्ताव ल्याएमा अध्यक्ष ओली र नेता नेपालबीच आजै भेटवार्ता हुने बताइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार