Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • ओलीलाई माधव पक्षद्वारा ३ घण्टाको अल्टिमेटम, माग पुरा नभए राजिनामा दिने चेतावनी

    ओलीलाई माधव पक्षद्वारा ३ घण्टाको अल्टिमेटम, माग पुरा नभए राजिनामा दिने चेतावनी

    अनलाइन नेपाल
  • बिहिबार, ३० बैशाख २०७८
  • 1.5K
    SHARES

    फाइल तस्विर

    काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको माधवकुमार नेपाल पक्षले आफ्ना माग पूरा गर्न अध्यक्ष केपी शर्मा ओलीलाई ३ घण्टाको अल्टिमेटम दिएको छ।

    नेपाल पक्षले आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकले आफूहरुमाथि गरिएको निलम्बन फुकुवा गरेपनि त्यतिले मात्र नहुने भन्दै आफ्ना माग पुरा गर्न भन्दै आज दिउँसो साढे ४ बजेसम्मको अल्टिमेटम दिएको हो ।



    यसैबीच, नेपाल पक्षका नेता भीम रावलले आफूहरुका माग पूरा गर्न ओलीलाई साढे ४ बजेसम्मको समय दिएको र त्यतिबेलासम्म ओलीले माग पूरा गर्ने प्रतिवद्धता नजनाए आफूहरुले सांसद सदस्यताबाट राजीनामा गर्ने बताए ।



    ‘हामी नवौं महाधिवेशनको निर्णय बमोजिम केन्द्रीय कमिटी र अरु सबै संरचना यथावत हुनुपर्छ भनेर भनिरहेका छौं । ‘तर, हाम्रा यी माग पूरा भएनन् भने साढे ४ बजेपछि हामी राजीनामा दिन्छौं ।’ रावलले भने।

    कारबाही फुकुवा गर्ने भन्दा पनि पार्टीलाई २०७५ जेठ ३ को अवस्थामा फर्काउने प्रतिवद्धता ठूलो कुरा रहेको रावलको भनाइ छ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार