Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • आज अक्षय तृतीया

    आज अक्षय तृतीया

    अनलाइन नेपाल
  • शुक्रबार, ३१ बैशाख २०७८
  • 4.1K
    SHARES

    काठमाडौँ । आज बैशाख शुक्ल पक्षको तृतीया तिथी हो । आजको दिनलाई हिन्दू धर्मशास्त्रमा अक्षय तृतीयाको रुपमा उल्लेख गरिएको छ । अक्षय अर्थात् कहिले पनि क्षय नहुने वा नाश नहुने । धर्म शास्त्रहरुमा आजको दिनको बारेमा यसरी उल्लेख गरिएको छ ।

    यत्किञ्चिद् दीयते दानं स्वल्पं वा यदी वा बहु



    तत्सर्वं अक्षयं यस्मात्तेनेयमक्षया स्मृता



    अर्थात् आजको दिन गरेको जप, दान, वा पुण्य कर्म धेरै होस् वा थोरै होस्, त्यो सबै अक्षय अर्थात कहिले पनि नाश नहुने हुन्छ । त्यसकारण आजको दिन पुण्यका कामहरु गर्नुपर्छ भनेर शास्त्रमा लेखिएको छ । त्यसैले अक्षय तृतीयाको दिन धर्म घडा पनि दान गर्नु भनिएको छ । आजको दिन नै अक्षय तृतीया मनाउनु पर्ने आधारहरु निकै छन् ।

    हिन्दू धर्मशास्त्रहरुमा त अक्षय तृतीयाको बारेमा निकै महत्वको वर्णनहरु गरिएका छन् । भविष्य पुराणमा भनिएको छ कि आजको दिन नै सत्य युग र त्रेता युगको शुरुवात भएको हो ।

    चार प्रकारका युग हुन्छन् भनेर ग्रन्थहरुमा लेखिएको छ । सत्य युग, त्रेता युग, द्वापर युग र कलि युग । यी चार युगहरुमध्ये सत्य युग र त्रेता युगको आरम्भ आजको दिनदेखि नै भएको हो भन्ने भनाइ छ । आजको दिनको अरु पनि निकै महिमाहरु रहेका छन् ।

    हिन्दू धर्मग्रन्थहरुमा भगवान् विष्णुका विशेष रुपमा २४ वटा अवतारहरु भएका कुराहरु उल्लेख छ । ती सबै भगवानका अवतारहरु फरकफरक समयमा भएका छन् । तीमध्ये भगवान् नारायणको परशुराम, नरनारायण तथा हयग्रीव अवतार आज नै भएको हो भन्ने भनाइ छ । आजको तृतीया भगवान् विष्णुको प्रिय तृतीया हो । भगवान् शिवले पार्वतीसँग विवाह पनि आजैका दिन गरेका हुन् ।

    आजको दिन विशेष रुपमा जौको सातु तथा सर्वत सत्पात्रलाई दान गर्नुपर्छ । आजको दिन जौको सातु र सर्वत बाँड्नु राम्रो मानिन्छ । आजको दिन जौको सातु र सर्वत मन्दिरका आसपासमा वा भीडभाडमा बाँड्ने गरिन्छ । यसरी बाँड्नाले यमराजको भय हुँदैन भन्ने मान्यता रहेको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार