Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

टी २० विश्वकप क्रिकेटमा २० टोली पुर्‍याउने तयारी

एजेन्सी । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसिसी)ले टी २० विश्वकप क्रिकेटमा सहभागी हुने टोलीको संख्या २० पुर्‍याउने तयारी गरिरहेको छ।

हाल टी २० विश्वकपमा १६ टोलीलाई सहभागी गराउने गरिएको छ। नेपालले सन् २०१४ मा विश्वक्रप प्रतियोगिता खेलेको थियो। प्रतियोगितामा शानदार प्रदर्शन गरेको भन्दै नेपालले दुई वर्षका लागि टी २० अन्तर्राष्ट्रियको मान्यता पाएको थियो।

केही वर्षअघि आईसिसीले आफ्ना सबै सदस्यलाई टी २० अन्तर्राष्ट्रियको मान्यता दिने निर्णय गरेको थियो। यसै वर्ष भारतमा हुने भनिएको विश्वकपमा भने १६ टोली नै हुनेछन्।

सन् २०२४ देखि सहभागी टोलीको संख्या २० पुर्‍याइने र त्यसमा पहिलो चरणमा चार चार टोलीका पाँच समूह हुने क्रिकइन्फोले उल्लेख गरेको छ।
आईसिसीले एकदिवशीय विश्वकप क्रिकेटमा सहभागी हुने टोलीको संख्या पनि १० बाट १४ पुर्‍याउने तयारी गरेको क्रिकइन्फोले जनाएको छ।

यसअघि सन् २००७ को विश्वकपमा १६ वटा, २०११ र २०१५ को विश्वकपमा १४ टोली थिए भने सन् २०१९ मा आयोजित पछिल्लो संस्करणमा सहभागी टोलीको संख्या १० मा झारिएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077