Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • स्वास्थ्य मन्त्रालयले भन्यो- अक्सिजनको आवश्यकता परे यी दुई नम्बरमा फोन गर्नु

    स्वास्थ्य मन्त्रालयले भन्यो- अक्सिजनको आवश्यकता परे यी दुई नम्बरमा फोन गर्नु

    अनलाइन नेपाल
  • शुक्रबार, ३१ बैशाख २०७८
  • 2K
    SHARES

    काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलेअक्सिजनको आवश्यकता पर्ने अस्पताल र सर्वसाधारणहरूका लागि हटलाइन नम्बर सार्वजनिक गरेको छ ।

    आज मन्त्रालयले एक सूचना जारी गर्दै अक्सिजन आपूर्ति सहजीकरणका लागि दुईवटा मोबाइल हटलाइन नम्बर र इमेल आइडी सार्वजनिक गरेको हो ।



    मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीद्वारा जारी गरिएको सूचनामा अक्सिजनको आवश्यकता पर्ने अस्पताल र सर्वसाधारणलाई ९८५१३१०५८१ र ९८५१३१०५८४ नम्बरको व्यवस्था गरिएको उल्लेख गरिएको छ ।



    सूचनामा कोरोना संक्रमितहरुको उपचार गराइरहेका अस्पतालहरुले फोन गरेमा सहज आपूर्तिका लागि मन्त्रालयले सहजीकरण गर्न सक्ने उल्लेख गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार