Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • कोरोनाका कारण एक महिनामा मात्र १ हजार ६०८ जनाको मृत्‍यु

    कोरोनाका कारण एक महिनामा मात्र १ हजार ६०८ जनाको मृत्‍यु

    अनलाइन नेपाल
  • शनिबार, १ जेष्ठ २०७८
  • 3.5K
    SHARES

    काठमाडौँ । वैशाखमा मात्रै नेपालमा कोरोना भाइरसबाट डेढ लाखभन्दा बढी व्यक्ति सङ्क्रमित भएका छन् ।

    वैशाख १ गतेसम्म कोरोना सङ्क्रमितको सङ्ख्या तीन लाख सात हजार ९२५ थियो । सो सङ्ख्या बढेर आज चार लाख ३९ हजार ६५८ पुगेको छ । एक महिनाको अवधिमा मात्रै एक लाख ५८ हजार ७१ कोरोना सङ्क्रमित थपिएका छन् ।



    वैशाखमा मात्रै कोरोनाबाट एक हजार ६०८ जनाले ज्यान गुमाएका छन् ।



    वैशाख १ गतेसम्म कोरोनाबाट तीन हजार ६१ को मृत्यु भएकामा आज सो सङ्ख्या बढेर चार हजार ६६९ पुगेको छ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट २०३ ले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । वैशाख १ गते तीन सङ्क्रमितको मृत्यु भएको थियो ।

    वैशाख १४ गते एकैदिन १८ जनाको मृत्यु भएको थियो । -नेपाल समाचारपत्र

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार