Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • सुनसरीमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि सेना परिचालन

    सुनसरीमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि सेना परिचालन

    अनलाइन नेपाल
  • शनिबार, १ जेष्ठ २०७८
  • 2.5K
    SHARES

    तस्बिर अन्नपूर्ण

    धरान ।  सुनसरीमा कोरोना संक्रमितको संख्या अत्याधिक पुगेपश्चात स्थानीय प्रशासनले जेठ १५ गतेसम्म जिल्ला भर पूर्ण लकडाउन घोषणा गरेको छ। यस अगाडि लकडाउनमा सर्वसाधारणले खासै चासो नराखेपश्चात सुनसरीमा शनिवारदेखि नेपाली सेना परिचालन गरिएको छ।

    सुनसरीमा लकडाउन कडा बनाउन शनिबारदेखि नेपाली सेना परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी उमेश ढकालले जानकारी दिए। सुनसरीको धरान उपमहानगरपालिका, इटहरी उपमहानगरपालिका र सदरमुकामसमेत रहेको इनरुवा नगरपालिकामा सेना परिचालन गरिएको उनले बताए।



    लकडाउन नियन्त्रणमा जनपथ र सशस्त्र प्रहरी परिचालन गर्दासमेत सुरक्षाकर्मीहरुको संख्या कम देखिएकाले आवश्यकताअनुसार तीनवटा स्थानीय तहमा सेना परिचालन गर्नुपरेको प्रजिअ ढकालको भनाई छ। लकडाउन नियन्त्रण गर्न परिचालन गरिएका सेनाका जवानहरुले रचनात्मक तरिकाले लकडाउन नियन्त्रणको काम गर्ने पनि प्रजिअ ढकालले बताए।



    सेनाले धरान, इटहरी र इनरुवामा मूख्य बजार क्षेत्र, अति भीड हुने स्थान र राजमार्गमासमेत नियमित गस्ती गर्ने बताइएको छ। यस अगाडि बैशाख ३१ गतेसम्म गरिएको लकडाउनमा सुनसरीका धरान, इटहरी र इनरुवाका बासिन्दाले लककडाउनलाई पूर्ण पालना नगरेपश्चात जिल्ला सुरक्षा समितिको निर्णय अनुसार सेना परिचालन गर्ने निर्णय गरिएको प्रजिअ ढकालले बताए। जेठ १५ सम्म गरिएको पूर्ण लकडाउनमा मेडिकल, एम्बुलेन्स र अतिआवश्यकबाहेकका सबै सेवा बन्द गर्ने गरिएको छ। -अन्नपूर्ण पोस्ट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार