Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • मध्यपूर्वका नेपालीले पठाए ५६० अक्सिजन सिलिण्डर, ७ बजे काठमाडौं आइपुग्ने

    मध्यपूर्वका नेपालीले पठाए ५६० अक्सिजन सिलिण्डर, ७ बजे काठमाडौं आइपुग्ने

    अनलाइन नेपाल
  • शनिबार, १ जेष्ठ २०७८
  • 3.8K
    SHARES

    काठमाडौं। खाडी मुलुकमा कार्यरत नेपाली मजदुरहरुले नेपाली दाजुभाईका लागि ५६० थान अक्सिजन सिलिन्डर पठाएका छन्।नेपालमा अक्सिजन सिलिन्डरको अभावमा दैनिक सयौंले ज्यान गुमाउनु परिरहेको अवस्थामा खाडी मुलुक यूएई, कतार, ओमन, साउदी अरब, कुवेत, बहराइनमा कार्यरत नेपाली मजदुरहरुले स्वतस्फूर्त रकम संकलन गरेर नेपाल सरकारलाई अक्सिजन सिलिन्डर पठाएका हुन्।

    मध्यपूर्वमा कार्यरत नेपालीले मातृभूमिका लागि ५६० थान अक्सिजन सिलिण्डर पठाएको एनआरएन मध्यपूर्वका संयोजक प्रबिन गुरुङले बताए । एनआरएनएले नेपाल अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ” अभियानका अन्तर्गत करिब एक हप्ताको अभियानमा ७५ लाख रुपैयाँ भन्दा बढि रकम संकलन गरेर अक्सिजन सिलिन्डर नेपाल पठाएको गुरुङले बताए ।



     



    मस्कटबाट अक्सिजन सिलिण्डर बोकेर नेपाल एयरलाइन्सको विमान काठमाडौंका लागि उडिसकेको छ । गैरआवासीय नेपाली सोसल क्लब ओमनका अध्यक्ष विकाल झाका अनुसार जहाज स्थानीय समय दिउँसो २ बजे उडेको हो । जहाज नेपाली समय बेलुका करिब ७ बजे काठमाडौँमा अवतरण हुनेछ ।

    नेपाल सरकार आफैले सिलिण्डर लिन जहाज मस्कट पठाएको थियो । जहाज बिहान १० बजे मस्कट अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याण्ड भएको थियो। नेपालमा अक्सिजनमा देखिएको अभाव कम गर्न गैरआवासीय नेपाली संघ (एनआरएनए) को मध्यपूर्व क्षेत्रीय समितिले अभियान चलाएको थियो । जसमा खाडीमा रहेका सबै संघसंस्थाले हातेमालो गरेका थिए।

    संघले ओमनको ‘अल होस्नी’ कम्पनीबाट यी सिलिण्डर खरिद गरेको थियो। यसका लागि प्रति सिलिण्डर १ सय २० डलर खर्च भएको अध्यक्ष झाले जानकारी दिए। ढुवानीको व्यवस्था भने ओमनस्थित नेपाली राजदूतावासको पहलमा नेपाल सरकारले गरेको हो।

    कोरोना महामारीको मुख्य चपेटामा परि अक्सिजन अभावले छटपटाई रहेका नेपाली नागरिकहरुलाई उक्त सहयोगले केही भनेपनि राहत मिल्ने खाडीका मजदुरहरुले अपेक्षा गरेका छन्। उनीहरुले सरकारलाई उपलब्ध गराएको अक्सिजन सिलिन्डर आवस्यकता अनुसार वितरण गर्न सुझाब समेत दिएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार