Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • इजरायली सेनाले अल-जजीराको कार्यालय रहेको टावर नै ध्वस्त बनायो (भिडियोसहित )

    इजरायली सेनाले अल-जजीराको कार्यालय रहेको टावर नै ध्वस्त बनायो (भिडियोसहित )

    अनलाइन नेपाल
  • शनिबार, १ जेष्ठ २०७८
  • 5.2K
    SHARES

    एजेन्सी। इजरायली सेना र प्यालेस्टाइनबीच चलिरहेको हिंसात्मक द्वन्द्वले गृहयुद्धको खतरा बढेको छ । गाजामा आज इजरायली आक्रमणमा एउटा टावर ब्लक नष्ट भएको छ।

    यसमा समाचार एजेन्सी एसोसिएटेड प्रेस र कतारको न्यूज च्यानल अल-जजीराको कार्यालयहरू थिए।



    रोयटर्स समाचार एजेन्सीले यस भवनका मालिकले आक्रमण अघि इजरायलबाट आक्रमणको चेतावनी प्राप्त गरेको गरेको र भवन खाली गरेको वताएका थिए ।



    यो १२-मंजिला टावर ब्लकमा धेरै अपार्टमेन्टहरू र अन्य कार्यालयहरू थिए।

    इजरायली सेनाले हमासको अड्डा रहेको गाजाको टावर भत्काएको दाबी गरेको छ ।

    यद्यपि सेनाले  आक्रमणअघि सर्वसाधारणलाई समयमै भवन छोड्न चेतावनी दिएको थियो।

    इजरायली सेनाले ट्विटरमा पोस्ट गर्दै उक्त भवनमा ‘हमास सैनिक उपकरण’ रहेको छ र ती ओगटेका व्यक्तिहरुलाई “मानव ढाल” को रुपमा प्रयोग गरिएको जनाएको थियो ।

    प्यालेस्टाइनका स्वास्थ्य अधिकारीहरूले  गाजा पट्टीमा शनिबार इजरायली हवाई हमलामा १३ व्यक्तिको मृत्यु भएको र गाजामा मरेकाहरूको संख्या १३९ पुगेको दाबी गरेको छ ।

    गाजामा बीबीसीको कार्यालय यस भवनमा थिएन।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार