Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • चिनियाँ अनुदानको १८ हजार खाली सिलिण्डर तातोपानी आइपुग्यो

    चिनियाँ अनुदानको १८ हजार खाली सिलिण्डर तातोपानी आइपुग्यो

    अनलाइन नेपाल
  • आइतबार, २ जेष्ठ २०७८
  • 2K
    SHARES

    काठमाडौँ। सरकारले चीनबाट १८ हजार खाली अक्सिजनका सिलिन्डर नेपाल ल्याई पुर्याएको छ । आज स्थलमार्ग हुँदै १८ हजार सिलिन्डर नेपाल आइपुगेका हुन् ।

    उपप्रधानमन्त्री तथा कोभिड–१९ सङ्क्रमण व्यवस्था केन्द्रका संयोजक ईश्वर पोखरेलका अनुसार १८ हजार सिलिन्डर तातोपानी नाकामा आइपुगेको जानकारी दिए । ‘चीन सरकारले तातोपानी नाकामा सिलिन्डर  हस्तान्तरण गरेपछि काठमाडौँ ल्याइनेछ,’उनले भने ।



    सिलिन्डरको अभाव हुन थालेपछि सरकारले चीन सरकारबाट अनुदानमा २० हजार खाली सिलिन्डर ल्याएको हो ।



    यसअघि ४०० सिलिन्डर नेपाल वायुसेवा निगमको वाइडबडी विमानबाट ल्याइएको थियो । अठार हजार आइसकेपछि बाँकी एक हजार ६०० सिलिन्डर पनि जहाजबाट ल्याउने तयारी भइरहेको छ ।

    यस्तै आजै चीनबाट ५५० अक्सिजन सिलिन्डर नेपाल वायुसेवा निगमको वाइड बडी विमानले ल्याउँदैछ । शनिबार सिलिन्डर ल्याउनका लागि जहाज चीन गएको थियो । शनिबार मात्र ओमानबाट गैआवासीय नेपाली सङ्घका सहयोगमा ५६० खाली सिलिन्डर आएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार