Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • एमाले विवाद

    पछि हटे ओली-नेपाल, जेठ २ मा फर्किने सहमति कार्यान्वयन गर्न बनाए कार्यदल (सुचीसहित)

    पछि हटे ओली-नेपाल, जेठ २ मा फर्किने सहमति कार्यान्वयन गर्न बनाए कार्यदल (सुचीसहित)

    अनलाइन नेपाल
  • आइतबार, २ जेष्ठ २०७८
  • 3.2K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भएको ‘वान टू वान’ वार्ता सकिएको छ।

    पछिल्लो समय पार्टी भित्रको आन्तरिक द्वन्द र विवाद समाधानको प्रयासस्वरूप प्रधानमन्त्री समेत रहेका ओली र पूर्वप्रधानमन्त्री नेपालबीच सिंहदरबारमा भेटवार्ता भएको थियो।



    वार्तामा पार्टीभित्रको विवाद मिलाउन अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच कार्यदल बनाउने सहमति भएको बताइएको छ।



    प्रधानमन्त्री ओलीको कार्यकक्षमा दिउँसो भएको दुई जनाको वार्ताले दुबै पक्षका ५-५ नेता सदस्यीय कार्यदल बनाउने निर्णय गरेको छ। जसमा नेपाल पक्षका तर्फबाट भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त छन्।

    यस्तै, ओलीका तर्फबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन्। उक्त पाँच सदस्यीय कार्यदलले तीन दिनभित्र पार्टीमा देखिएका विवाद समाधान गर्ने प्रयत्न गर्ने छ।

    साथै, ओलीसँगको भेटमा भेटमा २०७५ जेठ २ कै संरचनाअनुसार पार्टी अगाडि बढाउनेबारे वार्ता भएको नेता नेपालको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार