Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • अक्सिजनका सिलिण्डर जुटाउन प्रहरीको सक्रियता, एकैदिन ५३६ वटा सङ्कलन

    अक्सिजनका सिलिण्डर जुटाउन प्रहरीको सक्रियता, एकैदिन ५३६ वटा सङ्कलन

    अनलाइन नेपाल
  • आइतबार, २ जेष्ठ २०७८
  • 2.8K
    SHARES

    फाइल फोटो

    काठमाडौं। कोरोना भाइरसको महामारीसँगै देशभरका अस्पतालहरुमा मेडिकल अक्सिजनको अभाव भएपछि अक्सिजनका सिलिण्डर जुटाउन नेपाल प्रहरी सक्रियताका साथ लागि परेको छ।

    प्रहरीका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ५ सय ३६ वटा अक्सिजन सिलिन्डर सङ्कलन गरिएको छ । जसमा २ सय ३७ वटा भरिएका र २ सय ९९ खाली सिलिन्डर रहेका छन् ।



    सङ्कलन गरिएका ५ सय ३६ वटा र यसअघिको स्टक १ सय ९ वटा समेत जम्मा गरेर ६ सय ४५ वटा सिलिन्डरमध्ये आइतबार ५ सय ८६ वटा कोभिड अस्पताल र सम्बन्धित अक्सिजन प्लान्ट उद्योगलाई उपलब्ध गराएको प्रहरीले जनाएको छ । त्यस्तै, बाँकी रहेका ५९ वटा अक्सिजन सिलिन्डरहरु जिल्ला संकट व्यवस्थापन केन्द्र तथा जिल्लास्थित प्रहरी कार्यालयमा राखी आवश्यकता अनुसार वितरण गरिने प्रहरीको भनाइ छ।



    प्रहरीले आवश्यकता भन्दा बढी अक्सिजन सिलिन्डर होल्ड गर्ने व्यक्ति, विभिन्न संघसंस्था तथा स्वास्थ्य प्रयोजन बाहेक अन्य प्रयोजनमा प्रयोग गर्ने उद्देश्यले विभिन्न उद्योग, कलकारखाना, कवाडी, ग्यास वेल्डिङ, पसल तथा गोदामहरूमा स्टक गरेर राखेका अक्सिजनका सिलिन्डरहरु सङ्कलन गरेर उपलब्ध गराएको जनाएको छ।

    गत वैशाख २६ गतेदेखि हालसम्म जम्मा ८ हजार ७ सय ३९ वटा सिलिन्डर सङ्कलन गरेर कोभिड अस्पताल र सम्बन्धित अक्सिजन प्लान्ट उद्योगलाई उपलब्ध गराइएको प्रहरीको तथ्यांकमा उल्लेख छ।

    यस्तै प्रहरीले यस विषम परिस्थितिमा अन्य प्रयोजनका लागि अक्सिजनहरु स्टक नगर्न तथा विभिन्न कम्पनी, संघसंस्था तथा व्यक्तिहरूसँग आवश्यकता भन्दा बढी सिलिन्डर छन् भने त्यस्ता सिलिन्डरहरू उपलब्ध गराई सहयोग गर्न अनुरोध समेत गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार