Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • नेपाल समूहले धोका दिएपछि पार्टी पुनर्संरचना गर्दै प्रचण्ड

    नेपाल समूहले धोका दिएपछि पार्टी पुनर्संरचना गर्दै प्रचण्ड

    अनलाइन नेपाल
  • सोमबार, ३ जेष्ठ २०७८
  • 4.6K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेकपा एमालेको माधव नेपाल समूहले धोका दिएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका अध्यक्ष पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टी पुनर्संरचना गर्नतिर लागेका छन्  ।

    अध्यक्ष प्रचण्डले सञ्जाल फेसबुकमार्फत् आगामी दिनमा पार्टीको राजनीतिक एव‌ संगठनात्मक संरचनालाई समेत नयाँ ढंगले अघि बढाउने सोच बनाएको उल्लेख गरेका हुन् ।



    पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले पार्टी कस्तो बनाउने भन्ने बारेमा इमेल मार्फत् सुझाव दिन आग्रह समेत गरेका छन् ।



    उनले फेसबुकमा लेखेका छन् ‘हाम्रो गौरवशाली पार्टी नेकपा (माओवादी केन्द्र) द्वारा आगामी दिनका लागि विचार, राजनीतिक, संगठनात्मक संरचना, घाइते अपॉग एवं शहिद परिवार लगायत नेता कार्यकताको आचरण अनि व्यवस्थापन र जिम्मेवारीको बारेमा नयॉ ढंगले अगाडी बढाउने सोच राखेकोले उचित राय सल्लाह सुझावको अपेक्षा गरिएको छ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार