Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • गाजामा रकेट आक्रमण जारी, बालबालिकासहित ४२ को मृत्यु

    गाजामा रकेट आक्रमण जारी, बालबालिकासहित ४२ को मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, ३ जेष्ठ २०७८
  • 4.5K
    SHARES

    एजेन्सी । गाजामा इजरायलले गरेको रकेट र हवाई आक्रमणका कारण बालबालिकासहित ४० जनाभन्दा बढीको मृत्यु भएको छ । आइतबार राति प्यालेस्टाइनी विद्रोहीहरुले समत इजरायलमा तीन हजारभन्दा बढी रकेट प्रहार गरेका छन् ।

    सोमबार बिहानै इजरायलले गाजा शहरका विभिन्न क्षेत्रमा ८० वटा हवाई आक्रमण गरेको छ । त्यसअघि हमास बिद्रोहीले इजरायलको दक्षिणी क्षेत्रमा रकेट प्रहार गरेका थिए ।



    गएको सोमबारदेखि इजरायल र प्यालेस्टाइनबिचको हिंसा जारी छ । अन्तर्राष्ट्रिय समुदायले वार्ताको माध्यमबाट समस्याको समाधान खोज्न अपील गरेका छन् ।



    संयुक्त राष्ट्रसंघका महासचिव एन्न्टोनिओ गुट्रेसले हिंसा जारी रहेमा मध्यपूर्व क्षेत्र नै गहिरो समस्यामा जाने चेतावनी दिएका छन् । उनले हिंसा तत्काल अत्या गर्न अपील गरेका छन् ।

    यस्तै गाजामा इन्धनको अभाव हुन सक्ने चेतावनी पनि संयुक्त राष्ट्रसंघले दिएको छ । मध्य पूर्वको शान्ति प्रक्रियाका लागि संयुक्त राष्ट्रसंघकी डेपुटी स्पेशल कोअडिनेटर लीन हास्टिङ्गसले गाजामा इन्धन आपूर्तिका अनुमति दिन इजरायलसँग अपील गरिएको बताएकी छन् ।

    एक हप्ताको अवधिमा गाजामा ५५ बालबालिका र ३३ महिलासहित कुल १८८ जनाको ज्यान गएको छ । एक हवार २३० जना घाइते भएका छन् । इजरायलले भने मारिनेमा बिद्रोही लडाकुको संख्या बढी रहेको दाबी गरेको छ ।

    यसैबिच अमेरिकी राष्ट्रपति जो बाइडेनले दुवै क्षेत्रका नागरिकको शान्तिपूर्वक बाँच्न पाउने अधिकार रक्षाका लागि आफूहरुले काम गरिरहेको बताएका छन् । उनले हिंसा अन्त्यका लागि अपील गरेका छन् । हिंसाकै विषयलाई लिएर संयुक्त राष्ट्रसंघमा पनि छलफल हुँदैछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार