Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • कोरोनाका कारण मानसिक तनाव झेल्दै हुनुहुन्छ ? अपनाउनुस् यी उपायहरु

    कोरोनाका कारण मानसिक तनाव झेल्दै हुनुहुन्छ ? अपनाउनुस् यी उपायहरु

    अनलाइन नेपाल
  • सोमबार, ३ जेष्ठ २०७८
  • 3.8K
    SHARES

    एजेन्सी । मनिसहरुको जीवनमा थुप्रै मानसिक र शारीरिक समस्याहरु आइपर्ने गर्दछन्।

    विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसका कारण भएको दोस्रो चरणको लकडाउन र नयाँ भेरियन्टको कोरोना महामारीले विश्वभर नै मानिसहरु तनाव झेलिरहेका छन् । तनावकै कारण आत्महत्या गर्नेहरुको संख्या पनि बढ्दो छ । मानसिक तनावका कारण मानसिक रुपमा नै अस्वथ हुने भएको यसको समयमा नै तनाव कम गर्ने उपायहरु खोज्न आवश्यक छ । तनाव कम गर्नका लागि आफैले केही पहलहरु गर्न सकिन्छ ।



    उदाहरणका लागि यी उपायहरु अपनाउन सकिन्छ :



    • किताब पढ्ने
      पुस्तक कुनै पनि व्यक्तिका लागि असल साथी मानिन्छ । व्यस्तताका कारण पछिल्लो समय मानिसहरुले किताब पढ्न छोड्दै गएका छन् । किताब पढ्ने बानीले दिमागलाई शान्ती मिल्छ । अनावश्यक सोचाईहरुबाट समेत बचाउँछ । त्यसैले तनावबाट बच्न आफूलाई मन पर्ने बिद्याको पुस्तक पढ्ने गर्नुपर्छ ।
    • घरपालुवा जनावर
      आफूलाई अत्यधिक तनाव हुन्छ । चिन्तामुक्त हुन सक्नुभएको भने बच्चा वा घरपालुवा जनावरसँग समय बिताउनुस् । जसले तपाईंलाई मानसिक सन्तुष्टि प्रदान गर्छ । घरमा खरायो, कुकुर, बिरालो जस्ता जनावर पाल्ने, पन्छीहरु पाल्ने गर्दा दिमाग ताजा रहन्छ ।
    • टीभि सो वा वेभ सीरिज
      एक्लोपन र मानसिक तनाव कम गर्न विभिन्न प्रकारका टेलिभिजन शो तथा वेभ सीरिज हेर्ने गर्नुपर्छ । जसले तपाईंलाई मनोरञ्जनका साथै दिमागमा अनावश्यक कुराहरु खेल्न दिँदैन ।
    • खेल खेल्नुस्
      मोबाइल, ल्यापटप र कम्प्युटरमा सजिल्यै खेल्न मिल्ने खेलहरु खेल्नुस् । एक्लोपनको अनुभव भएको खण्डमा यस्ता खेलहरुले दिमागमा अनावश्यक कुरा थपिन दिँदैन ।
    • आफन्तसँग कुराकानी
      मानसिक तनाव कम गर्नका लागि सबैभन्दा उत्तम उपाय आफन्तसँग कुराकानी गर्नु नै हो । आफ्ना मनमा आएका विभिन्न उल्झनहरुलाई आफूले भरोसा गर्ने व्यक्तिलाई सुनाउँदा मन हल्का हुने गर्छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार